पाथीभरा याङ्वरक २ मा एमालेका बलुराम लिम्बू विजयी


ताप्लेजुङ । पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर २ मा एमालेका बलुराम लिम्बू विजयी भएका छन् । उनले ५८७ मत प्राप्त गर्दा राप्रपाका दिल विक्रम लिम्बुले ३९७ साथै माओवादी केन्द्रका सुर्य बहादुर खड्काले ३४३ मत प्राप्त गरेका छन् ।

त्यस्तै खुल्ला सदस्यमा एमालेका मेरमान कार्कीले ६८७, काँग्रेसका दिल बहादुर विष्ट ६४४, महिला सदस्या एमालेकी फुलमाया आचार्यले ६७४, दलित महिला सदस्यमा एमालेकी मुना नेपालीले ६३५ मत प्राप्त गर्दै विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्