मैवाखोला २ मा एकिकृत समाजवादीको प्यानलै विजयी

ताप्लेजुङ । मैवाखोला गाउँपालिका २ मा एकिकृत समाजवादीको प्यानलै विजयी भएको छ ।
एकिकृत समाजवादीका नरेन्द्र लिम्बू वडा अध्यक्षमा विजयी भएका छन् । उनले ३७१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका लोकमान वनेमले ३४६ साथै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पुर्ण बहादुर लिम्बूले १७ मत प्राप्त गरेका छन् ।

त्यस्तै खुल्ला सदस्यमा दानुपु शेर्पा ३६२, रविन्द्र कुमार वनेम ३६०, महिला सदस्यमा दिलमाया शेर्पा ३७१ साथै दलित महिला सदस्यमा तुलसा बराईली ३७१ मत प्राप्त गर्दै एकिकृत समाजवादीको तर्फबाट सदस्यमा विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्