मैवाखोला ३ मा काँग्रेसका खगेन्द्र थक्लुङ विजयी

ताप्लेजुङ । मैवाखोला गाउँपालिका ३ नम्बर वडामा काँग्रेसका खगेन्द्र थक्लुङ विजयी भएका छन् । ७० मतले आफ्ना प्रतिस्पर्धी एमालेका खेमराज भट्टराईलाई पछि पार्दै थक्लुङ वडा अध्यक्षमा विजयी भएका हुन् । थक्लुङले ४७० मत प्राप्त गर्दा भट्टराईले ४०० मत प्राप्त गरेका छन् ।

त्यस्तै खुल्ला सदस्यमा चन्द्रमान लिम्बू ४५९, साजन लिम्बू ४४६, महिला सदस्यमा नर कुमारी लिम्बू ४४४ र दलित महिला सदस्यमा ईन्दिरा विश्वकर्मा ४२९ मत प्राप्त गर्दै काँग्रेसबाट सदस्यमा विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्