बारपाक सुलिकोटमा अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी

ताप्लेजुङ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। सोमबार विहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षका उम्मेदवार विष्णुप्रसाद भट्ट र उपाध्यक्ष उम्मेदवार सनमाया गुरुङ विजयी भएका हुन्।

उनीहरुले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै विजयी हासिल गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अध्यक्ष निर्वाचित भट्टले ५ हजार ७ सय २९ मत ल्याउँदा कांग्रेसका जितबहादुर घलेले ४ हजार ८ सय ६४ मत पाए।

यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै सनमाया गुरुङ ५ हजार ७ सय ६५ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवार लेखमाया रानाले ४ हजार ५ सय ७५ मत ल्याइन्। यसअघि २०७४को स्थानीय तह निर्वाचनमा पनि अध्यक्षमा भट्ट र उपाध्यक्षमा गुरुङ नै विजयी भएका थिए।

पाँच वर्ष अघि भट्टले ४ हजार ६ सय ५९ मत ल्याएर कांग्रेसलाई नै पराजित गरेका थिए। यस्तै उपाध्यक्षमा गुरुङले ४ हजार ५ सय १ मत ल्याएर कांग्रेसकै उम्मेदवारलाई पराजित गरेकी थिइन्। सो गाउँपालिकामा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ आ–आफ्ना रणनीति बनाएर चुनावमा होमिएका थिए।


प्रतिक्रिया दिनुहोस्