सिदिङ्वा गाउँपालिका ४ मा लिम्बूवानका पूर्णकुमार ताम्लिङ विजयी

ताप्लेजुङ । जिल्लाको सिदिङ्वा गाउँपालिका ४ साब्लाखुको वडाध्यक्षमा संघीय लोकतात्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्ले खाता खोलेको छ । ५८ मत बढी ल्याएर परिषदका पूर्णकुमार ताम्लिङ विजयी भएका छन् । दाप सहितको खुकुरी चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा रहेका उनले ३ सय ७२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेद्‌वार मनकुमार लिङदेनले ३ सय १४ मत ल्याएका थिए । अन्य ४ जना सदस्यले गुलाब चुनाव चिन्ह लिएर स्वतन्त्र उठेका विजयी बने ।

अमृता लिम्बू, कमला लकान्द्री, भुवानी बुढाथोकी र रणबहादुर बिष्ट स्वतन्त्रबाट वडा सदस्यमा निर्वाचित भएका छन ।


प्रतिक्रिया दिनुहोस्