माओवादी केन्द्रका २२ वर्षीय युवक बने सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष

ताप्लेजुङ। सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका माओवादी केन्द्रका २२ वर्षीय युवक निर्वाचित भएका छन । २२ वर्षीय राजाबाबु यादवले ४ हजार ८१ मत ल्याएर रामनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटमत प्रतिस्पर्धी कांग्रेसका हरिनन्दनप्रसाद यादवले २ हजार ३ सय ९२ मत मात्रै ल्याएका थिए । तेस्रोमा रहेका स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले १ हजार ७ सय ७ ल्याएका थिए । यस पालिकामा भने गत ०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको थियो । अध्यक्षमा निर्वाचित भएका युवक माओवादी केन्द्रका नेता तथा पूर्वसांसद शिवपुजन राय यादवका छोरा हुन् । उनी काठमाडौंमा बिबिएस अध्ययन गरिरहेका छन् ।

यस्तै यस पालिकामा माओवादी केन्द्रकै उम्मेदवारले उपाध्यक्ष जितेको छ । माओवादीकी गीता देवीले ३ हजार ५ सय २३ मत ल्याएर विजयी भएकी हुन् भने उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कोशिला साहले २ हजार ६ सय ३७ मत मात्रै ल्याएकी छन्।


प्रतिक्रिया दिनुहोस्