मैवाखोला १ मा माओवादीका चन्द्र कुमार तामाङ विजयी

ताप्लेजुङ । मैवाखोला गाउँपालिका वडा नम्बर १ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका चन्द्र कुमार तामाङ विजयी भएका छन् । चन्द्र कुमार तामाङले ४९५ मत प्राप्त गर्दा एमालेका दुर्गा प्रसाद तामाङले ३८४ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उमेश लिम्बुले १९ मत प्राप्त गरेका छन् ।
त्यस्तैगरि गठबन्धनको तर्फबाट माओवादीका खुल्ला सदस्यमा राम कुमार चोङबाङ ४९६ र गणेश लिम्बु ४७६, महिला सदस्यमा विनु लिम्बु ४९२, दलित महिला सदस्यमा ममता वि.क. ४९४ मत ल्याएर विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्