आठराई त्रिवेणी २ र ३ दुबैमा एमाले विजयी


ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिकाको २ र ३ नम्बर दुबै वडा एमाले विजयी भएको छ । २ नं. अध्यक्षमा टेकिन्द्र सेन्दाङ ८०६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका सोम विमलीले ६८८ मत प्राप्त गरेका छन् ।

खुल्ला सदस्यमा काँग्रेसका देवेन्द्र सेन्दाङ ८०८ र एमालेका दुर्गा प्रसाद ७०५ मत ल्याएर विजयी भएका छन् । महिला सदस्यमा एमालेकी शारदा कुमारी विमली ८११ र दलित महिला सदस्यमा एमाले कै अमृता वि.क. ८१३२ मत ल्याएर विजयी भएका छन् ।

त्यस्तैगरि ३ नम्बर वडा अध्यक्षमा एमालेका सुर्यमान याक्सो ८२५ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका छन् । उनका प्रतिस्पर्धी एकिकृत समाजवादीका मक्रजङ लिम्बूले ३२८ र स्वतन्त्र उम्मेदवार गंगा प्रसाद याक्सोले २९३ मत ल्याएका छन् ।
खुल्ला सदस्यमा एमालेका दुर्गा मगर ८२५ र बदम बहादुर गुरुङ ७३२, महिला सदस्यमा लिला देवी भट्टराई (खड्का) ७५५, दलित महिला सदस्यमा सिता बराईली ८०८ मत प्राप्त गर्दै विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्