फुङलिङ ४ को वडा अध्यक्षमा एमालेका दुर्गा पालुङवा विजयी

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ४ को अध्यक्षमा नेकपा एमालेले विजय हासिल गरेको छ । उक्त वडामा एमालेका दुर्गा पालुङवा विजयी भएका हुन् ।

गठबन्धनका उमेद्वार नेपाली कांग्रेसका टीका गुरुङलाई ९० मतले पछि पार्दै पालुङवा विजयी भएका छन् । पालुङवाले ४ सय ८ मत प्राप्त गरेका छन् भने, गुरुङले ३ सय १८ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्