फुङलिङ नगरपालिका ५ मा माओवादीका सोजित श्रेष्ठ विजयी

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नम्बर ५ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सोजित श्रेष्ठ विजयी भएका छन् । उनले २२६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका भोलानाथ पौडेलले
१९२, राप्रपाकी विष्णुमाया राई १ साथै स्वतन्त्र उम्मेदवार टिकेन्द्र नेपालीले १६४ मत प्राप्त गरेका छन् । त्यस्तै खुल्ला सदस्यमा काँग्रेसका विष्णु प्रसाद तिवारी ३५३ र एमालेका समिर गुरुङ ३२३ साथै दलित महिला सदस्यमा एमालेकी अनिता वि.क. २६१ मत प्राप्त गर्दै विजयी भएका छन् । महिला सदस्यमा एमालेकी गंगा दर्नाल यस अघि नै निर्विरोध निर्वाचित भएकी थिईन् ।


प्रतिक्रिया दिनुहोस्