फत्ताङलुङ गाउँपालिका कुन–कुन वडा कुन पार्टीले हासिल विजयी गरे ?


ताप्लेजुङ । फत्ताङलुङ गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका राजन लिम्बू (मुक्ति) विजयी भएका छन् । उनले २६६० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका सरोज लम्बूले २३१२ मत प्राप्त गरेका छन् । त्यस्तै जनता समाजवादी पार्टीकी मंजिता लिम्बुले १५०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भिम कुमार लिम्बुले ४० मत प्राप्त गरेका छन् ।

त्यस्तै गरि उपाध्यक्षमा गठबन्धनको तर्फबाट काँग्रेसका रविन साम्र लिम्बू (विकास) विजयी भएका छन् । उनले २३८५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेकी शान्ति माया लिम्बू (पौडेल) ले २२१२, जनता समाजवादी पार्टीका श्रीप्रसाद लिम्बूले ३४९, राष्ट्रिय प्रजातन्त्र पार्टीका ललित कुमार सुब्बाले २८ मत प्राप्त गरेका छन् । ७ वटा वडा रहेको फत्ताङलुङमा १ र २ नम्बर वडा माओवादी केन्द्रले विजयी हाँसिल गरेको छ भने ३ र ६ नम्बर वडा काँग्रेस, ४ र ५ एमालेले विजयी हाँसिल गरेको छ भने वडा नम्बर ७ मा यस अघि नै स्वतन्त्र उम्मेदवारहरु निर्विरोेध निर्वाचित भएका थिए ।

वडा नम्बर १ अध्यक्षमा माअ‍ोवादी केन्द्रका यज्ञ प्रसाद लिम्बूले ३२० मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका चन्द्र कुमार सावादेनले २५२ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा माओवादीका पेम्बा शेर्पा ३१६ र मिङ्मा शेर्पा २९२ मत प्राप्त गर्दै विजयी भएका छन् । त्यस्तै माओवादली केन्द्र कै महिला सदस्यमा सुनिता माया लिम्बूले ३१४ र दलित महिला सदस्यमा विना दर्जी ३१७ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर २ अध्यक्षमा माओवादी केन्द्रका भुपेन्द्र चौलागाई ४२५ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका हर्क सिं पराजुलीले ३७६, जनता समाजवादी पार्टीका सुरेश लिम्बुले २३८ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च बुद्ध राज लिम्बुले २ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा एमालेका भिमकुमार लिम्बू ४२६ र प्रेम बहादुर शेर्पा ४२५ मत प्राप्त गर्दै विजयी भएका छन् । महिला सदस्यमा माओवादी केन्द्रकी लिला सिगु लिम्बु ४३४ र दलित महिला सदस्यमा एमालेकी फिपरानी विश्वकर्मा ४५९ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ३ अध्यक्षमा नेपाली काँग्रेसका आईतराम लिम्बू ५०९ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका सुबास लिम्बूले ३९१, जनता समाजवादी पार्टीका हेम चन्द्र लिम्बुले ४५ र मंगोल नेश्नल अर्गनाईजेसनका लाल बहादुर लिम्बुले ४ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा काँग्रेस कै सुरेन्द्र कुमार लिम्बूले ४८४ र सन्तोष लिम्बूले ४१२ मत प्राप्त गर्दै विजयी भएका छन् । खुल्ला सदस्यमा काँग्रेस कै सिता लिम्बू ४९० र दलित महिला सदस्यमा मन कुमारी वि.क. ४७५ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ४ अध्यक्षमा एमालेका महेश लावुङ लिम्बू ५०० मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका छत्रमणी लिम्बू २४९, स्वतन्त्र उम्मेदवार दत्त बहादुर लिम्बूले १७७, जनता समाजवादी पार्टीका सुन्दर लिम्बूले ४४ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बिर्ख बहादुर लिम्बुले ७ मत प्रााप्त गरेका छन् । खुल्ला सदस्यमा एमाले कै टक बहादुर तामाङ ७८७ र बल बहादुर लिम्बू ५१२, महिला सदस्यमा कमला लिम्बू ५२७ साथै दलित महिला सदस्यमा दिलमाया कामी ५३३ मत प्राप्त गर्दै विजयी भएकी छन् ।

वडा नम्बर ५ अध्यक्षमा एमालेका देउ प्रसाद लिम्बू २७९ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका कुमार लिम्बू हेल्लोकले २४६ र जनता समाजवादी पार्टीका मकरध्वज लिम्बुले १७७ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा एमालेका अमृत कुमार लिम्बू ३१४ र काँग्रेसका सन्देश कुमार लिम्बूले २८४, महिला सदस्यमा एमालेकी सुनिता लिम्बूले २७५ र दलित महिला सदस्यमा एमाले कै सुकमाया कामी २७४ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ६ अध्यक्षमा काँग्रेसका पेमा टासी शेर्पा ५४३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका छोवाङ शेर्पाले ३५२, जनता समाजवादीका केदारजङ लिम्बुले ३७ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आकाश लिम्बूले २ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा काँग्रेस कै गणेश बहादुर लिम्बू ५४१, भगिमान लिम्बू ५० साथै महिला सदस्यमा तारादेवी लिम्बू ५२९ मत प्राप्त गर्दै विजयी भएका छन् । दलित महिला सदस्यमा काँगे्रस कै मञ्जु कामी यस अघि नै निर्विरोध निर्वाचित भएकी थिईन् ।

वडा नम्बर ७ अध्यक्षमा छेतेन लामा शेर्पा, खुल्ला सदस्यमा वाङग्या शेर्पा र टासी शेर्पा, महिला सदस्यमा फुपु लामा श्रेष्ठ साथै दलित महिला सदस्यमा बिपना तुम्बाहाम्फे सबै स्वतन्त्र उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । फत्ताङलुङ गाउँपालिकामा माओवादी केन्द्र र नेपाली काँग्रेसले गठबन्धन गरेर निर्वाचनमा भाग लिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961