मैवाखोला गाउँपालिका कुन–कुन वडामा कुन पार्टीले विजयी हासिल गरे ?


ताप्लेजुङ । मैवाखोला गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका विजय प्रकाश वनेम विजयी भएका छन् । उनले २६०९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका राजन कुमार थत्लुङले २,०५२ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका चरण बहादुर मुुुसुहाङले ४४ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी कमल कुमारी लिम्बू २,५४१ मत प्राप्त गर्दै विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी एमालेकी कौशीला थक्लुङ लिम्बूले २,१०१ मत प्राप्त गरेकी छन् । ६ वटा वडा रहेको मैवाखोलामा वडा नं. १ र ५ माओवादी केन्द्र, २ एकिकृत समाजवादी, ३ र ४ काँग्रेस साथै ६ नम्बर वडा एमालेले विजयी हाँसिल गरेका छन् ।

वडा नम्बर १ अध्यक्षमा माओवादी केन्द्रका चन्द्र कुमार तामाङ ४९५ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका दुर्गा प्रसाद तामाङले ३८४ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उमेश लिम्बूले १९ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा माओवादी केन्द्र कै राम कुमार चोङबाङ४९६ र गणेश लिम्बू ४७६, महिला सदस्यमा बिनु लिम्बू ४९२, दलित महिला सदस्यमा ममता वि.क. ४९४ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर २ अध्यक्षमा एकिकृत समाजवादीका नरेन्द्र लिम्बू ३७१ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका लोकमान वनेम ३४६ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पुर्ण बहादुर लिम्बूले १७ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा एकिकृत समाजवादी कै दानुपु शेर्पा ३६२ र रविन्द्र कुमार वनेम ३६०, महिला सदस्यमा दिलमाया शेर्पा ३७१ र दलित महिला सदस्यमा तुलसा बराईली ३७१ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ३ अध्यक्षमा नेपाली काँग्रेसका खगेन्द्र थक्लुङ् ( लिम्बू ) ४७० मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका खेमराज भट्टराईले ४०० मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा काँग्रेस कै चन्द्रमान लिम्बू ४५९ र साजन लिम्बू ४४६, महिला सदस्यमा नर कुमारी लिम्बू ४४४, दलित महिला सदस्यमा ईन्दिरा विश्वकर्मा ४२९ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ४ अध्यक्षमा नेपाली काँग्रेसका फुर्बा शेर्पा ४६१ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका मिङमा छोक्टु शेर्पाले ४४१ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा नेपाली काँग्रेस कै मिङमा शेर्पा ४५५ र प्रेनल घिसिङ तामाङ ४५४, महिला सदस्यमा सुनिता फागो ४५४, दलित महिला सदस्यमा सरस्वता धमला बराईली ४५८ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ५ अध्यक्षमा माओवादी केन्द्रका केशर लिम्बू ४२८ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका कुल प्रसाद लिम्बुले २७४ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुख बहादुर लिम्बूले ३ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा माओवादी केन्द्र कै लाक्पा शेर्पा ४१९ र सुरेश वनेम ४१९, महिला सदस्यमा सोम कुमारी लिम्बू ४२४, दलित महिला सदस्यमा मनिसा बराईली ४२४ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ६ अध्यक्षमा एमालेका राजुमान लिम्बू ३९१ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका सन्त कुमार थोप्राले ३६८ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा एमाले कै सुमन लिम्बू ३९६ र बिरध्वज लिम्बू ३८८, महिला सदस्यमा लाक्पाफुटी शेर्पा ३९८, दलित महिला सदस्यमा चन्द्रकला वि.क. ३९० मत प्राप्त गर्दै विजयी भएका छन् । मैवाखोला गाउँपालिकामा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धन गरेर निर्वाचनमा भाग लिएका थिए ।


प्रतिक्रिया दिनुहोस्