फुङलिङ नगरपालिका कुन-कुन वडामा कुन पार्टीले विजयी हासिल गरे ?


ताप्लेजुङ । ताप्लेजुङको एक मात्रै फुङलिङ नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका अमिर मादेन विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका छत्रपति प्याकुरेलाई २,२८७ मतले पछि पार्दै नगर प्रमुखमा विजयी भएका हुन् । मादेनले ६,१७९ मत प्राप्त गर्दा प्याकुरेलले ३,८९२ मत प्राप्त गरेका छन् । प्याकुरेल गत २०७४ को निर्वाचनमा नगर प्रमुखमा विजयी भएका थिए । त्यस्तैगरि नगर प्रमुख पदका अन्य उम्मेदवारहरुमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका हेम कुमार लिम्बूले ४९, जनता समाजवादी पार्टीकी बिमला दाहालले ४० साथै स्वतन्त्र उम्मेदवार मिलन निरौलाले २६ मत प्राप्त गरेका छन् ।

नगर उपप्रमुखमा भने एमालेकी भिमा देवी ओझा विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बम बहादुर भट्टराई (तारा) लाई ४३३ मतले पछि पार्दै नगर उपप्रमुखमा विजयी भएकी हुन् । ओझाले ४,२७७ मत प्राप्त गर्दा भट्टराईले ३,८४४ मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुखका अन्य उम्मेदवारहरुमा जनता समाजवादी पार्टीका प्रदिप मादेनले ६७४, राष्ट्रिय प्रजातन्त्र पार्टीकी निर्मला ईजम थापाले १२८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी अमृता गुरुङले ९० साथै मंगोल नेश्नल अर्गानाईजेसनका मोहन गुरुङले ३९ मत प्राप्त गरेका छन् । भट्टराई गत २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट नगर उपप्रमुखमा विजयी भएका थिए ।

११ वटा रहेको नगरपालिकामा ३, ४, ७ र ९ नम्बर वडा एमाले १, ६ र ८ नम्बर काँग्रेस ५, १० र ११ नम्बर वडा माओवादी केन्द्र र वडा नं २ एकिकृत समाजवादीले विजयी हासिल गरेका छन् ।

वडा नम्बर १ मा नेपाली काँगेसका रुद्र कुमार मादेन ३०८ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका पृथ्वी प्रसाद मादेनले २४५ र जनता समाजवादी पार्टीका शुक बहादुर लिम्बूले ५० मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा एमालेका घनेन्द्र मादेन २८२ र लक्ष्मी प्रसाद मादेन २४४, शान्ता मादेन (राई) २७३ साथै दलित महिला सदस्यमा तारा विश्वकर्मा २९७ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर २ अध्यक्षमा एकिकृत समाजवादीका मोहन न्यौपाने ३७६ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका तुलसीराम पौडेलले २६७, स्वतन्त्र उम्मेदवार बीर बहादुर तामाङले १४०, जनता समाजवादी पार्टी दुर्गा प्रसाद न्यौपानेल ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्य प्रसाद भट्टराईले ४४ साथै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका होम कुमार तुम्बाहाम्फेले १८ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा एमालेका विरेन्द्र लिम्बूले ३८२ र लीला चक्र गुरुङले ३७०, महिला सदस्यमा शान्ता मोक्तान ४१३ साथै दलित महिला सदस्यमा बबिता वि.क. ३८२ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ३ अध्यक्षमा एमालेका टंक बहादुर पालुङवा ६५७ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका युवराज बरालले ४५१ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा एमाले कै शैलेन्द्र कुमार भुजेल ५५६ र भिम कुमार पुरी ५४४, महिलाा सदस्यमा मिना आचार्य ६३८ साथै दलित महिला सदस्यमा तीलमाया दर्जी ५९३ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ४ अध्यक्षमा एमालेका दुर्गा बहादुर पालुङ्वा ४०८ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका टिकाराम गुरुङले ३१८, एकिकृत समाजवादीकी नेता कुमारी परियार सिवाले १२६, जनता समाजवादी पार्टीका लोकेन्द्र तुम्बाहाम्फेले २७ साथै राष्ट्रिय प्रजातन्त्र पार्टीकी शुशिला लिम्बूले ८ मत प्राप्त गरेकी छन् । खुल्ला सदस्यमा माओवादी केन्द्रका बिनोद भारती २७९ र भुपाल मादेन २५३, महिला सदस्यमा एमालेकी रिता दर्नाल २४१ साथै दलित महिला सदस्यमा काँग्रेसकी भिमकला दर्जी ४१८ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ५ अध्यक्षमा माओवादी केन्द्रका सोजीत श्रेष्ठ २२६ मत ल्याउँदै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका लिलानाथ पौडेलले १९२, स्वतन्त्र उम्मेदवार टिकेन्द्र नेपालीले १६४ साथै राष्ट्रिय विष्णुमाया राईले १ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा नेपाली काँग्रेसका विष्णु प्रसाद तिवारी ३५३ र एमालेका समिर गुरुङ ३२३ मत ल्याएर विजयी भएका छन् भने महिला सदस्यमा एमालेकी गंगा दर्नाल निर्विरोध निर्वाचित भएकी छन् । दलित महिला सदस्यमा एमाले कै अनिता वि.क. २६१ मत प्राप्त गर्दै विजयी भएकी छन् ।

वडा नम्बर ६ अध्यक्षमा काँग्रेसका मदन गुरुङ ४६१ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका यीगेन्द्र कुमार गुरुङले ३४३ साथै जनता समाजवादी पार्टीका भरत कुमार गुरुङले १५ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा एमालेका जय प्रकास लिम्बू ३७९ र काँग्रेसका लक्ष्मी प्रसाद तिवारी ३७५, महिला सदस्यमा सिता लाबुङ ४४७ साथै दलित महिला सदस्यमा टिक माया दमाई ४१७ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ७ मा एमालेका योगेन्द्र प्रसाद निरौला २८५ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका जिवन पालुङवाले २५३ र जनता समाजवादी पार्टीका कणर् बहादुर पालुङवाले ११८ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा काँग्रेसका अभय लिम्बू २७८ र एमालेका बिक्रम लिम्बू २६०, महिला सदस्यमा काँग्रेसकी सिता नेपाल २८८ र दलित महिला सदस्यमा काँग्रेस कै पुष्पा विश्वकर्मा ३३९ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ८ अध्यक्षमा काँग्रेसका क्षीतीज सुनुवार ६६५ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका भोलानाथ पौडेलले ३४६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ठाकुर प्रसाद पौडेलले १५ मत प्राप्त गरेका छन् । त्यस्तै गरि काँग्रेस बाट नै खुल्ला सदस्यमा कृष्ण बहादुर गुरुङ ६२० र भुविन्द्र मगर ४९३, महिला सदस्यमा हेमन्ता मिश्र ( पौडेल) ५३६ र दलित महिला सदस्यमा सम्झना वि.क. ५५५ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ९ अध्यक्षमा एमालेका लक्षुमन गुरुङ ७८८ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका धनेन्द्र कुमार गुरुङले ७६१ र जना समाजवादी पार्टीका माखोल मादेनले ७ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा काँग्रेसका लाक्पा नुपु शेर्पा ७४३ र एमालेका अमृत बहादुर मादेन ६२९, महिला सदस्यमा काँग्रेसका सिवना मादेन ६३८ र दलित महिला सदस्यमा काँग्रेस कै दिलुसा खाती ६६३ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर १० अध्यक्षमा माओवादी केन्द्रका सन्तोष लिम्बू ५६२ मत प्राप्त गर्दै विजयी भएक छन् । उनका प्रतिस्पर्धी एमालेका गम बहादुर लिम्बूले ४६३, जनता समाजवादी पार्टीका श्रीहाङ लिम्बूले ६३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका युवराज सँग्रौलाले ३ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा काँग्रेसका कृष्ण प्रसाद लिङखीमले ५६८ र प्रेम बहादुर लिम्बू ४४५, महिला सदस्यमा कमला खत्री ४७२ र दलित महिला सदस्यमा माओवादी केन्द्रकी पम्फा दमाई ४८३ मत प्राप्त गर्दै विजयी भएकी छन् ।

वडा नम्बर ११ मा माओवादी केन्द्रका माओवादी केन्द्रका युवराज भट्टराई ३५४ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका छन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मनित ईजमले २४९ र एमालेका सविन विष्टले २०१ मत प्राप्त गरेका छन् । माओवादी केन्द्र बाट नै खुल्ला सदस्यमा नन्द कुमार लिम्बू ३७८ र लक्ष्मी प्रसाद विष्ट ३३, महिला सदस्यमा विनिता राई ३५७ साथै दलित महिला सदस्यमा कमला विश्वकर्मा ३४७ मत प्राप्त गर्दै विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्