सुकेटारमा ट्याक्टर दुर्घटनाः चार घाईते

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ६ सुकेटार मुनि सेतिचौतारा नजिकै आज दिउँसो करिब ३ बजे ट्याक्टर दुर्घटना भएको छ । फुङलिङ ११ फावाखोला बाट सदरमुकाम तर्फ आउँदै गरेको ना ६ त ४७४३ नम्बरको ट्याकटर अनियन्त्रीत भई पल्टिदाँ दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका प्रवत्ता एवम् सुचना अधिकारी प्रहरी नायव निरिक्षक कुशाराम कार्कीले बताए ।

उनका अनुसार दुर्घटनामा परि फुङलिङ ११ फावाखोलाका १८ बर्षीय प्रकाश बुढाथोकी र २२ बर्षीय बिक्रम लिम्बु त्यस्तैगरि सिरिजङघा गाउँपालिका ३ का २१ बर्षीय सिपन सुब्बा र ६१ बर्षीय पुणर्हाङ लिम्बु घाईते भएका छन् । घाईतेहरुको अवस्था गम्भिर भएकोले जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य उपचार पछि थप उपचारका लागि जिल्ला बाहिर सुविधा सम्मपन्न अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक फुङलिङ नगरपालिका वडा नम्बर ११ फावाखेलाका २३ वर्षिय रत्न बहादुर लिम्बूलाई नियन्त्रणमा लिईएको प्रहरी नायब निरिक्षक कार्कीले बताए । दुर्घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961