मिक्वाखोला गाउँपालिकामा क-कस्ले बाजी मारे ?


ताप्लेजुङ । ताप्लेजुङको मिक्वा खोला गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका भत्त बहादुर कार्की विजयी भएका छन् । उनले २,०२३ मत प्राप्त गर्दै पालिका अध्यक्षमा विजयी भएका हुन् भने उनका निटतम प्रतिस्पर्धी एमालेका दिवस लुङखिम्बा लिम्बूले १,९६४ मत प्राप्त गरेका छन् । पालिका अध्यक्षका अन्य उम्मेदवारहरुमा जनता समाजवादी पार्टीका डिल्लीहाङ लिम्बूले १३२ र मंगोल नेश्नल अर्गानाईजेसनका सागर शेर्पाले २३ मत प्राप्त गरेका छन् ।

पालिका उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका डण्डु शेर्पा विजयी भएका छन् । उनले २१७४ मत प्राप्त गर्दै पालिका उपाध्यक्षमा विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी एमालेकी मिना कुमारी केदेमले १७४३ मत प्राप्त गरेकी छन् । त्यस्तै गरि पालिका उपाध्यक्षका अन्य उम्मेदवारहरुमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नरमाया साँवाले ५६ साथै स्वतन्त्र उम्मेदवार सुर्य बहादुर बस्नेतले २६ मत प्राप्त गरेका छन् ।

वडा नम्बर १ अध्यक्षमा एमालेका राम कुमार लिम्बू ४२० मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका अमृत बहादुर लिम्बूले ३९७ मत प्राप्त गरेका छन् । एमाले बाट नै खुल्ला सदस्यमा पुणर् प्रसाद घिमिरे ४३६ र राजेन्द्र कुमार लिम्बू ४२१, महिला सदस्यमा अम्बिका कुमारी गिरी, दलित महिला सदस्यमा ज्ञानु घले ४१८ मत ल्याएर विजयी भएका छन् ।

वडा नम्बर २ अध्यक्षमा एमालेका झरेन्द्र प्रसाद थापा ४४५ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका राजेन्द्र थापाले २५९ साथै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिल लिम्बूले ३७ मत प्राप्त गरेका छन् । एमालेबाट नै खुल्ला सदस्यमा पेम्बा शेर्पा ३८८ र नारायण प्रसाद साँवा ३८६, महिला सदस्यमा देवीमाया ओझा ४२७, दलित महिला सदस्यमा प्रमिला वि.क. ३९६ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ३ मा एमालेका मचिन्द्र कुमार लिम्बूले ४४८ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका दिपेन्द्र कुमार लिम्बूले ४१५ साथै जनता समाजवादी पार्टीका ङिमा दोर्ची शेर्पाले ६ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा काँग्रेसका चित बहादुर लिम्बू ४३६ र फुर्वा शेर्पा ४३३, महिला सदस्यमा संगीता लिम्बू ४५२ मत प्राप्त गर्दै विजयी भएका छन् । दलित महिला सदस्यमा काँग्रेस कै लक्षीमाया विश्वकर्मा यस अघि नै निर्विरोध निर्वाचित भएकी थिईन् ।

वडा नम्बर ४ अध्यक्षमा नेपाली काँग्रेसका सदन कुमार साँवा ५६३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका भिम बहादुर लिम्बूले ५११, जनता समाजवादी पार्टीका गोपाल लिम्बूले १८र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका धोज नारायण लिम्बूले १८ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेस बाट नै खुल्ला सदस्यमा सुर्य प्रसाद साँवा ५३१, फुपु तेन्जी शेर्पा ४९६, महिला सदस्यमा मन कुमारी भुजेल (साँवा) ५३९ साथै दलित सदस्यमा सलिना बराईली ५४९ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ५ अध्यक्षमा माओवादी केन्द्रका ग्यान्जे शेर्पा ४३२ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका ऐत बिर लिम्बूले २७० मत प्राप्त गरेका छन् । माओवादी केन्द्रबाट नै खुल्ला सदस्यमा निमा रिन्जीङ शेर्पा ४४३ र तोप्ला शेर्पा ४०४ साथै महिला सदस्यमा फुपुलामु शेर्पा ४३२ मत प्राप्त गरेर विजयी भएका छन् । दलित महिला सदस्यमा माओवादी केन्द्र कै सरिता गहते यस अघि नै निर्विरोध निर्वाचित भएकी थिईन् ।

मिक्वाखोला गाउँपालिका गाउँपालिकामा माओवादी केन्द्र र नेपाली काँग्रेसले गठबन्धन गरेर चुनावमा भाग लिएका थिए ।


प्रतिक्रिया दिनुहोस्