नौ स्थानीय तह रेहेको ताप्लेजुङमा कुन-कुन पार्टी विजयी भए ?

एलिना दियाली

ताप्लेजुङ । २०७९ साल वैशाख ३० गते दोस्रो पटक देशे भर स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ भने मत परिणाम आउने क्रम जारी छ । यसै सन्दर्भमा ताप्लेजुङ जिल्लामा भने सबै स्थानीय तहको मत परिणाम मंगलबार (हिजो) सार्वजनिक भएको छ । एक नगरपालिक र आठ गाउँपाकिला रहेको ताप्लेजुङमा सबै स्थानीय तहको नतिजा सार्वजनिक भएको हो । कुन-कुन पालिकामा कुन-कुन राजनीतिक दलले विजय हाँसिल गरे त ? हेर्नुस विस्तृतमा :

फुङलिङ नगरपालिका
ताप्लेजुङको एक मात्रै फुङलिङ नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका अमिर मादेन विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका छत्रपति प्याकुरेलाई २,२८७ मतले पछि पार्दै नगर प्रमुखमा विजयी भएका हुन् । मादेनले ६,१७९ मत प्राप्त गर्दा प्याकुरेलले ३,८९२ मत प्राप्त गरेका छन् । प्याकुरेल गत २०७४ को निर्वाचनमा नगर प्रमुखमा विजयी भएका थिए । त्यस्तैगरि नगर प्रमुख पदका अन्य उम्मेदवारहरुमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका हेम कुमार लिम्बूले ४९, जनता समाजवादी पार्टीकी बिमला दाहालले ४० साथै स्वतन्त्र उम्मेदवार मिलन निरौलाले २६ मत प्राप्त गरेका छन् ।
नगर उपप्रमुखमा भने एमालेकी भिमा देवी ओझा विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बम बहादुर भट्टराई (तारा) लाई ४३३ मतले पछि पार्दै नगर उपप्रमुखमा विजयी भएकी हुन् । ओझाले ४,२७७ मत प्राप्त गर्दा भट्टराईले ३,८४४ मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुखका अन्य उम्मेदवारहरुमा जनता समाजवादी पार्टीका प्रदिप मादेनले ६७४, राष्ट्रिय प्रजातन्त्र पार्टीकी निर्मला ईजम थापाले १२८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी अमृता गुरुङले ९० साथै मंगोल नेश्नल अर्गानाईजेसनका मोहन गुरुङले ३९ मत प्राप्त गरेका छन् । भट्टराई गत २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट नगर उपप्रमुखमा विजयी भएका थिए । ११ वटा रहेको नगरपालिकामा ३,४,७ र ९ नम्बर वडा एमाले १, ६ र ८ नम्बर काँग्रेस ५,१० र ११ नम्बर वडा माओवादी केन्द्र र वडा नं २ एकिकृत समाजवादीले विजयी हासिल गरेका छन् ।

वडा नम्बर १ मा नेपाली काँगेसका रुद्र कुमार मादेन ३०८ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका पृथ्वी प्रसाद मादेनले २४५ र जनता समाजवादी पार्टीका शुक बहादुर लिम्बूले ५० मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा एमालेका घनेन्द्र मादेन २८२ र लक्ष्मी प्रसाद मादेन २४४, शान्ता मादेन (राई) २७३ साथै दलित महिला सदस्यमा तारा विश्वकर्मा २९७ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर २ अध्यक्षमा एकिकृत समाजवादीका मोहन न्यौपाने ३७६ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका तुलसीराम पौडेलले २६७, स्वतन्त्र उम्मेदवार बीर बहादुर तामाङले १४०, जनता समाजवादी पार्टी दुर्गा प्रसाद न्यौपानेल ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्य प्रसाद भट्टराईले ४४ साथै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका होम कुमार तुम्बाहाम्फेले १८ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा एमालेका विरेन्द्र लिम्बूले ३८२ र लीला चक्र गुरुङले ३७०, महिला सदस्यमा शान्ता मोक्तान ४१३ साथै दलित महिला सदस्यमा बबिता वि.क. ३८२ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ३ अध्यक्षमा एमालेका टंक बहादुर पालुङवा ६५७ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका युवराज बरालले ४५१ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा एमाले कै शैलेन्द्र कुमार भुजेल ५५६ र भिम कुमार पुरी ५४४, महिलाा सदस्यमा मिना आचार्य ६३८ साथै दलित महिला सदस्यमा तीलमाया दर्जी ५९३ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ४ अध्यक्षमा एमालेका दुर्गा बहादुर पालुङ्वा ४०८ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका टिकाराम गुरुङले ३१८, एकिकृत समाजवादीकी नेता कुमारी परियार सिवाले १२६, जनता समाजवादी पार्टीका लोकेन्द्र तुम्बाहाम्फेले २७ साथै राष्ट्रिय प्रजातन्त्र पार्टीकी शुशिला लिम्बूले ८ मत प्राप्त गरेकी छन् । खुल्ला सदस्यमा माओवादी केन्द्रका बिनोद भारती २७९ र भुपाल मादेन २५३, महिला सदस्यमा एमालेकी रिता दर्नाल २४१ साथै दलित महिला सदस्यमा काँग्रेसकी भिमकला दर्जी ४१८ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ५ अध्यक्षमा माओवादी केन्द्रका सोजीत श्रेष्ठ २२६ मत ल्याउँदै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका लिलानाथ पौडेलले १९२, स्वतन्त्र उम्मेदवार टिकेन्द्र नेपालीले १६४ साथै राष्ट्रिय विष्णुमाया राईले १ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा नेपाली काँग्रेसका विष्णु प्रसाद तिवारी ३५३ र एमालेका समिर गुरुङ ३२३ मत ल्याएर विजयी भएका छन् भने महिला सदस्यमा एमालेकी गंगा दर्नाल निर्विरोध निर्वाचित भएकी छन् । दलित महिला सदस्यमा एमाले कै अनिता वि.क. २६१ मत प्राप्त गर्दै विजयी भएकी छन् ।

वडा नम्बर ६ अध्यक्षमा काँग्रेसका मदन गुरुङ ४६१ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका यीगेन्द्र कुमार गुरुङले ३४३ साथै जनता समाजवादी पार्टीका भरत कुमार गुरुङले १५ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा एमालेका जय प्रकास लिम्बू ३७९ र काँग्रेसका लक्ष्मी प्रसाद तिवारी ३७५, महिला सदस्यमा सिता लाबुङ ४४७ साथै दलित महिला सदस्यमा टिक माया दमाई ४१७ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ७ मा एमालेका योगेन्द्र प्रसाद निरौला २८५ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका जिवन पालुङवाले २५३ र जनता समाजवादी पार्टीका कणर् बहादुर पालुङवाले ११८ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा काँग्रेसका अभय लिम्बू २७८ र एमालेका बिक्रम लिम्बू २६०, महिला सदस्यमा काँग्रेसकी सिता नेपाल २८८ र दलित महिला सदस्यमा काँग्रेस कै पुष्पा विश्वकर्मा ३३९ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ८ अध्यक्षमा काँग्रेसका क्षीतीज सुनुवार ६६५ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका भोलानाथ पौडेलले ३४६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ठाकुर प्रसाद पौडेलले १५ मत प्राप्त गरेका छन् । त्यस्तै गरि काँग्रेस बाट नै खुल्ला सदस्यमा कृष्ण बहादुर गुरुङ ६२० र भुविन्द्र मगर ४९३, महिला सदस्यमा हेमन्ता मिश्र ( पौडेल) ५३६ र दलित महिला सदस्यमा सम्झना वि.क. ५५५ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ९ अध्यक्षमा एमालेका लक्षुमन गुरुङ ७८८ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका धनेन्द्र कुमार गुरुङले ७६१ र जना समाजवादी पार्टीका माखोल मादेनले ७ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा काँग्रेसका लाक्पा नुपु शेर्पा ७४३ र एमालेका अमृत बहादुर मादेन ६२९, महिला सदस्यमा काँग्रेसका सिवना मादेन ६३८ र दलित महिला सदस्यमा काँग्रेस कै दिलुसा खाती ६६३ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर १० अध्यक्षमा माओवादी केन्द्रका सन्तोष लिम्बू ५६२ मत प्राप्त गर्दै विजयी भएक छन् । उनका प्रतिस्पर्धी एमालेका गम बहादुर लिम्बूले ४६३, जनता समाजवादी पार्टीका श्रीहाङ लिम्बूले ६३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका युवराज सँग्रौलाले ३ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा काँग्रेसका कृष्ण प्रसाद लिङखीमले ५६८ र प्रेम बहादुर लिम्बू ४४५, महिला सदस्यमा कमला खत्री ४७२ र दलित महिला सदस्यमा माओवादी केन्द्रकी पम्फा दमाई ४८३ मत प्राप्त गर्दै विजयी भएकी छन् ।

वडा नम्बर ११ मा माओवादी केन्द्रका माओवादी केन्द्रका युवराज भट्टराई ३५४ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका छन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मनित ईजमले २४९ र एमालेका सविन विष्टले २०१ मत प्राप्त गरेका छन् । माओवादी केन्द्र बाट नै खुल्ला सदस्यमा नन्द कुमार लिम्बू ३७८ र लक्ष्मी प्रसाद विष्ट ३३, महिला सदस्यमा विनिता राई ३५७ साथै दलित महिला सदस्यमा कमला विश्वकर्मा ३४७ मत प्राप्त गर्दै विजयी भएका छन् ।

फत्ताङलुङ गाउँपालिका
फत्ताङलुङ गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका राजन लिम्बू (मुक्ति) विजयी भएका छन् । उनले २६६० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका सरोज लम्बूले २३१२ मत प्राप्त गरेका छन् । त्यस्तै जनता समाजवादी पार्टीकी मंजिता लिम्बुले १५०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भिम कुमार लिम्बुले ४० मत प्राप्त गरेका छन् ।
त्यस्तै गरि उपाध्यक्षमा गठबन्धनको तर्फबाट काँग्रेसका रविन साम्र लिम्बू (विकास) विजयी भएका छन् । उनले २३८५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेकी शान्ति माया लिम्बू (पौडेल) ले २२१२, जनता समाजवादी पार्टीका श्रीप्रसाद लिम्बूले ३४९, राष्ट्रिय प्रजातन्त्र पार्टीका ललित कुमार सुब्बाले २८ मत प्राप्त गरेका छन् । ७ वटा वडा रहेको फत्ताङलुङमा १ र २ नम्बर वडा माओवादी केन्द्रले विजयी हाँसिल गरेको छ भने ३ र ६ नम्बर वडा काँग्रेस, ४ र ५ एमालेले विजयी हाँसिल गरेको छ भने वडा नम्बर ७ मा यस अघि नै स्वतन्त्र उम्मेदवारहरु निर्विरोेध निर्वाचित भएका थिए ।

वडा नम्बर १ अध्यक्षमा माअ‍ोवादी केन्द्रका यज्ञ प्रसाद लिम्बूले ३२० मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका चन्द्र कुमार सावादेनले २५२ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा माओवादीका पेम्बा शेर्पा ३१६ र मिङ्मा शेर्पा २९२ मत प्राप्त गर्दै विजयी भएका छन् । त्यस्तै माओवादली केन्द्र कै महिला सदस्यमा सुनिता माया लिम्बूले ३१४ र दलित महिला सदस्यमा विना दर्जी ३१७ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर २ अध्यक्षमा माओवादी केन्द्रका भुपेन्द्र चौलागाई ४२५ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका हर्क सिं पराजुलीले ३७६, जनता समाजवादी पार्टीका सुरेश लिम्बुले २३८ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च बुद्ध राज लिम्बुले २ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा एमालेका भिमकुमार लिम्बू ४२६ र प्रेम बहादुर शेर्पा ४२५ मत प्राप्त गर्दै विजयी भएका छन् । महिला सदस्यमा माओवादी केन्द्रकी लिला सिगु लिम्बु ४३४ र दलित महिला सदस्यमा एमालेकी फिपरानी विश्वकर्मा ४५९ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ३ अध्यक्षमा नेपाली काँग्रेसका आईतराम लिम्बू ५०९ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका सुबास लिम्बूले ३९१, जनता समाजवादी पार्टीका हेम चन्द्र लिम्बुले ४५ र मंगोल नेश्नल अर्गनाईजेसनका लाल बहादुर लिम्बुले ४ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा काँग्रेस कै सुरेन्द्र कुमार लिम्बूले ४८४ र सन्तोष लिम्बूले ४१२ मत प्राप्त गर्दै विजयी भएका छन् । खुल्ला सदस्यमा काँग्रेस कै सिता लिम्बू ४९० र दलित महिला सदस्यमा मन कुमारी वि.क. ४७५ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ४ अध्यक्षमा एमालेका महेश लावुङ लिम्बू ५०० मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका छत्रमणी लिम्बू २४९, स्वतन्त्र उम्मेदवार दत्त बहादुर लिम्बूले १७७, जनता समाजवादी पार्टीका सुन्दर लिम्बूले ४४ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बिर्ख बहादुर लिम्बुले ७ मत प्रााप्त गरेका छन् । खुल्ला सदस्यमा एमाले कै टक बहादुर तामाङ ७८७ र बल बहादुर लिम्बू ५१२, महिला सदस्यमा कमला लिम्बू ५२७ साथै दलित महिला सदस्यमा दिलमाया कामी ५३३ मत प्राप्त गर्दै विजयी भएकी छन् ।

वडा नम्बर ५ अध्यक्षमा एमालेका देउ प्रसाद लिम्बू २७९ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका कुमार लिम्बू हेल्लोकले २४६ र जनता समाजवादी पार्टीका मकरध्वज लिम्बुले १७७ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा एमालेका अमृत कुमार लिम्बू ३१४ र काँग्रेसका सन्देश कुमार लिम्बूले २८४, महिला सदस्यमा एमालेकी सुनिता लिम्बूले २७५ र दलित महिला सदस्यमा एमाले कै सुकमाया कामी २७४ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ६ अध्यक्षमा काँग्रेसका पेमा टासी शेर्पा ५४३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका छोवाङ शेर्पाले ३५२, जनता समाजवादीका केदारजङ लिम्बुले ३७ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आकाश लिम्बूले २ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा काँग्रेस कै गणेश बहादुर लिम्बू ५४१, भगिमान लिम्बू ५० साथै महिला सदस्यमा तारादेवी लिम्बू ५२९ मत प्राप्त गर्दै विजयी भएका छन् । दलित महिला सदस्यमा काँगे्रस कै मञ्जु कामी यस अघि नै निर्विरोध निर्वाचित भएकी थिईन् ।

वडा नम्बर ७ अध्यक्षमा छेतेन लामा शेर्पा, खुल्ला सदस्यमा वाङग्या शेर्पा र टासी शेर्पा, महिला सदस्यमा फुपु लामा श्रेष्ठ साथै दलित महिला सदस्यमा बिपना तुम्बाहाम्फे सबै स्वतन्त्र उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । फत्ताङलुङ गाउँपालिकामा माओवादी केन्द्र र नेपाली काँग्रेसले गठबन्धन गरेर निर्वाचनमा भाग लिएका थिए ।

मैवाखोला गाउँपालिकामा
मैवाखोला गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका विजय प्रकाश वनेम विजयी भएका छन् । उनले २६०९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका राजन कुमार थत्लुङले २,०५२ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका चरण बहादुर मुुुसुहाङले ४४ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी कमल कुमारी लिम्बू २,५४१ मत प्राप्त गर्दै विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी एमालेकी कौशीला थक्लुङ लिम्बूले २,१०१ मत प्राप्त गरेकी छन् । ६ वटा वडा रहेको मैवाखोलामा वडा नं. १ र ५ माओवादी केन्द्र, २ एकिकृत समाजवादी, ३ र ४ काँग्रेस साथै ६ नम्बर वडा एमालेले विजयी हाँसिल गरेका छन् ।

वडा नम्बर १ अध्यक्षमा माओवादी केन्द्रका चन्द्र कुमार तामाङ ४९५ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका दुर्गा प्रसाद तामाङले ३८४ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उमेश लिम्बूले १९ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा माओवादी केन्द्र कै राम कुमार चोङबाङ४९६ र गणेश लिम्बू ४७६, महिला सदस्यमा बिनु लिम्बू ४९२, दलित महिला सदस्यमा ममता वि.क. ४९४ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर २ अध्यक्षमा एकिकृत समाजवादीका नरेन्द्र लिम्बू ३७१ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका लोकमान वनेम ३४६ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पुणर् बहादुर लिम्बूले १७ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा एकिकृत समाजवादी कै दानुपु शेर्पा ३६२ र रविन्द्र कुमार वनेम ३६०, महिला सदस्यमा दिलमाया शेर्पा ३७१ र दलित महिला सदस्यमा तुलसा बराईली ३७१ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ३ अध्यक्षमा नेपाली काँग्रेसका खगेन्द्र थक्लुङ् ( लिम्बू ) ४७० मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका खेमराज भट्टराईले ४०० मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा काँग्रेस कै चन्द्रमान लिम्बू ४५९ र साजन लिम्बू ४४६, महिला सदस्यमा नर कुमारी लिम्बू ४४४, दलित महिला सदस्यमा ईन्दिरा विश्वकर्मा ४२९ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ४ अध्यक्षमा नेपाली काँग्रेसका फुर्बा शेर्पा ४६१ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका मिङमा छोक्टु शेर्पाले ४४१ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा नेपाली काँग्रेस कै मिङमा शेर्पा ४५५ र प्रेनल घिसिङ तामाङ ४५४, महिला सदस्यमा सुनिता फागो ४५४, दलित महिला सदस्यमा सरस्वता धमला बराईली ४५८ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ५ अध्यक्षमा माओवादी केन्द्रका केशर लिम्बू ४२८ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका कुल प्रसाद लिम्बुले २७४ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुख बहादुर लिम्बूले ३ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा माओवादी केन्द्र कै लाक्पा शेर्पा ४१९ र सुरेश वनेम ४१९, महिला सदस्यमा सोम कुमारी लिम्बू ४२४, दलित महिला सदस्यमा मनिसा बराईली ४२४ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ६ अध्यक्षमा एमालेका राजुमान लिम्बू ३९१ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका सन्त कुमार थोप्राले ३६८ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा एमाले कै सुमन लिम्बू ३९६ र बिरध्वज लिम्बू ३८८, महिला सदस्यमा लाक्पाफुटी शेर्पा ३९८, दलित महिला सदस्यमा चन्द्रकला वि.क. ३९० मत प्राप्त गर्दै विजयी भएका छन् । मैवाखोला गाउँपालिकामा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धन गरेर निर्वाचनमा भाग लिएका थिए ।

मिक्वाखोला गाउँपालिकामा
मिक्वाखोला गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका भत्त बहादुर कार्की विजयी भएका छन् । उनले २,०२३ मत प्राप्त गर्दै पालिका अध्यक्षमा विजयी भएका हुन् भने उनका निटतम प्रतिस्पर्धी एमालेका दिवस लुङखिम्बा लिम्बूले १,९६४ मत प्राप्त गरेका छन् । पालिका अध्यक्षका अन्य उम्मेदवारहरुमा जनता समाजवादी पार्टीका डिल्लीहाङ लिम्बूले १३२ र मंगोल नेश्नल अर्गानाईजेसनका सागर शेर्पाले २३ मत प्राप्त गरेका छन् ।
पालिका उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका डण्डु शेर्पा विजयी भएका छन् । उनले २१७४ मत प्राप्त गर्दै पालिका उपाध्यक्षमा विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी एमालेकी मिना कुमारी केदेमले १७४३ मत प्राप्त गरेकी छन् । त्यस्तै गरि पालिका उपाध्यक्षका अन्य उम्मेदवारहरुमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नरमाया साँवाले ५६ साथै स्वतन्त्र उम्मेदवार सुर्य बहादुर बस्नेतले २६ मत प्राप्त गरेका छन् ।

वडा नम्बर १ अध्यक्षमा एमालेका राम कुमार लिम्बू ४२० मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका अमृत बहादुर लिम्बूले ३९७ मत प्राप्त गरेका छन् । एमाले बाट नै खुल्ला सदस्यमा पुणर् प्रसाद घिमिरे ४३६ र राजेन्द्र कुमार लिम्बू ४२१, महिला सदस्यमा अम्बिका कुमारी गिरी, दलित महिला सदस्यमा ज्ञानु घले ४१८ मत ल्याएर विजयी भएका छन् ।

वडा नम्बर २ अध्यक्षमा एमालेका झरेन्द्र प्रसाद थापा ४४५ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका राजेन्द्र थापाले २५९ साथै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिल लिम्बूले ३७ मत प्राप्त गरेका छन् । एमालेबाट नै खुल्ला सदस्यमा पेम्बा शेर्पा ३८८ र नारायण प्रसाद साँवा ३८६, महिला सदस्यमा देवीमाया ओझा ४२७, दलित महिला सदस्यमा प्रमिला वि.क. ३९६ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ३ मा एमालेका मचिन्द्र कुमार लिम्बूले ४४८ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका दिपेन्द्र कुमार लिम्बूले ४१५ साथै जनता समाजवादी पार्टीका ङिमा दोर्ची शेर्पाले ६ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा काँग्रेसका चित बहादुर लिम्बू ४३६ र फुर्वा शेर्पा ४३३, महिला सदस्यमा संगीता लिम्बू ४५२ मत प्राप्त गर्दै विजयी भएका छन् । दलित महिला सदस्यमा काँग्रेस कै लक्षीमाया विश्वकर्मा यस अघि नै निर्विरोध निर्वाचित भएकी थिईन् ।

वडा नम्बर ४ अध्यक्षमा नेपाली काँग्रेसका सदन कुमार साँवा ५६३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका भिम बहादुर लिम्बूले ५११, जनता समाजवादी पार्टीका गोपाल लिम्बूले १८र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका धोज नारायण लिम्बूले १८ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेस बाट नै खुल्ला सदस्यमा सुर्य प्रसाद साँवा ५३१, फुपु तेन्जी शेर्पा ४९६, महिला सदस्यमा मन कुमारी भुजेल (साँवा) ५३९ साथै दलित सदस्यमा सलिना बराईली ५४९ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ५ अध्यक्षमा माओवादी केन्द्रका ग्यान्जे शेर्पा ४३२ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका ऐत बिर लिम्बूले २७० मत प्राप्त गरेका छन् । माओवादी केन्द्रबाट नै खुल्ला सदस्यमा निमा रिन्जीङ शेर्पा ४४३ र तोप्ला शेर्पा ४०४ साथै महिला सदस्यमा फुपुलामु शेर्पा ४३२ मत प्राप्त गरेर विजयी भएका छन् । दलित महिला सदस्यमा माओवादी केन्द्र कै सरिता गहते यस अघि नै निर्विरोध निर्वाचित भएकी थिईन् ।

मेरिङदेन गाउँपालिका
मेरिङदेन गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका युक हां विर हांगाम विजयी भएका छन् । हांगामले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका केदारजङ लिम्बुलाई ९९ मतले पछि पार्दै विजयी भएका हुन् । उनले २,८६९ मत प्राप्त गर्दा लिम्बूले २,७७० मत प्राप्त गरेका छन् । त्यस्तै पालिका अध्यक्षका अन्य उम्मेदवारहरुमा संघीय लोक लोकतान्त्रिक राष्ट्रिय मञ्चका आश कुमार लिम्बूले ६२ र जनता समाजवादी पार्टीका दावा शेर्पाले १० मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा एकिकृत समाजवादीका दुर्गा प्रसाद श्रेङचङ्बाङ २,५९८ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दावा छिरिङ शेर्पाले १,६५७ साथै संघीय लोकतान्त्रि राष्ट्रिय मञ्चकी रुपा चङ्बाङले २०३ मत प्राप्त गरेका छन् ।

वडा नम्बर १ अध्यक्षमा एमालो सविन कुमार चोङबाङले ४७४ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका टेक बहादुर ओख्राबुले ४५६ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा एमालेका निम कुमार शेर्पा ४८९ र काँग्रेसका साजन एभेङ्ग ४६३, महिला सदस्यमा काँग्रेस कै विष्णु कुमारी तुम्बाहाम्फे ४६७ र दलित महिला सदस्यमा अमृता कुलुङ शेर्पा ४६६ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर २ अध्यक्षमा एमालेका तेज कुमार चङबाङ ५५६ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका चन्द्र कुमार नाल्बोले ४३४ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बुद्धिमान लिम्बूले ३९ मत प्राप्त गरेका छन् । एमालेबाट नै खुल्ला सदस्यमा राजेन्द्र लिम्बूले ५६५ र पेम्बा शेर्पा ५५६, महिला सदस्यमा अमृता मगर शेर्पा ५६४, दलित महिला सदस्यमा बिमला कामी ५९७ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ३ अध्यक्षमा काँग्रेसका गजिन्द्र कुमार नाल्बो ३३१ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका रत्न बहादुर लिम्बुले ३०२ मत प्राप्त गरेका छन् । का्रँग्रेसबाट नै खुल्ला सदस्यमा मन कुमार शेर्पा ३२५ र मेखराज लिम्बू ३१७, महिला सदस्यमा विपना लङ्वा ३४८ र दलित महिला सदस्यमा चन्द्रमाया कामी ३५९ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ४ अध्यक्षमा नेपाली काँग्रेसका बेद प्रसाद लिम्बू ८२३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका गोपाल केदेमले २१४ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका करन लिम्बूले ११ मत प्राप्त गरेका छन् । काँग्रेसबाट नै खुल्ला सदस्यमा मेघराज लिम्बू ८२२ र विष्णु लिम्बू ७७५, महिला सदस्यमा रिना शेर्पा ८२७ र दलित महिला सदस्यमा कमला दमाई ८२९ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ५ अध्यक्षमा एमालेका जसमान लिम्बू ७२६ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका विनोद कुमार लिम्बूले ५३६ मत प्राप्त गरेका छन् । एमालेबाट नै खुल्ला सदस्यमा राम कुमार लिम्बू ७१२ र निम्दावा शेर्पा ६८४, महिला सदस्या कमलम तामाङ ७२७ र दलित महिला सदस्यमा झुनमाया नेपाली ७१४ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ६ अध्यक्षमा एमालेका मनोज कुमार तुम्बाहाम्फे ४५६ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका ठाकुर सिं लिम्बूले ३२४ मत प्राप्त गरेका छन् । एमालेबाट नै खुल्ला सदस्यमा भिम कुमार शेर्पा ४३० र नरधोज लिम्बू ४००, महिला सदस्यमा याङडे शेर्पा ४०६ साथै दलित महिला सदस्यमा दिल कुमारी वि.क. ४२४ मत प्राप्त गर्दै विजयी भएका छन् ।

पाथीभरा याङवरक गाउँपालिका
पाथीभरा याङवरक गाउँपालिका अध्यक्षमा एमालेका केशर कुमार सुब्बा विजयी भएका छन् । सुब्बाले आफ्ना प्रतिस्पर्धी काँग्रेकसका राम कुमार थेबेलाई २४ मतले पछि पार्दै विजयी भएका हुन् । उनले २,८९८ मत प्राप्त गर्दा थेबेले २,८७४ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा एमाले कै रनमाया गुरुङ भारी मतले विजयी भएकी छन् । गुरुङले ३,१८६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी माओवादी केन्द्रका कुमार सुब्बााले १७९१ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षकी अर्की उम्मेदवार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी ईन्द्र कुमारी लिम्बूले २१७ मत प्राप्त गरेकी छन् ।

वडा नम्बर १ अध्यक्षमा दिल कुमार सुनुवारले ८४६ मत ल्याएर विजयी हाँसिल गरेका हुन् । उनका निकटमत प्रतिद्धन्दि नेपाली काँग्रेसका बालकृष्ण श्रेष्ठले ७०८ मत प्राप्त गरेका छन् । साथै एमालेबाट नै दलित महिला सदस्यमा पदम माया ठटाल ८५७, महिला सदस्यमा एलिसा ईङनाम ८१५ र खुल्ला सदस्यमा दिपक राई ८५९ र पुण्य प्रसाद खतिवडा ७५२ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर २ अध्यक्षमा एमालेका बलुराम लिम्बु विजयी भएका छन् । उनले ५८७ मत प्राप्त गर्दा राप्रपाका दिल विक्रम लिम्बुले ३९७ साथै माओवादी केन्द्रका सुर्य बहादुर खड्काले ३४३ मत प्राप्त गरेका छन् । त्यस्तै खुल्ला सदस्यमा एमालेका मेरमान कार्कीले ६८७, काँग्रेसका दिल बहादुर विष्ट ६४४, महिला सदस्या एमालेकी फुलमाया आचार्यले ६७४, दलित महिला सदस्यमा एमालेकी मुना नेपालीले ६३५ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ३ अध्यक्षमा एमालेका पुणर् बहादुर तिवारी विजयी भएका छन् । तिवारीले ५२० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका भिम बहादुर बस्नेतले २८० मत प्राप्त गरेका छन् । त्यस्तै गरी खुल्ला सदस्यमा एमालेकै धन बहादुर बस्नेतले ४९१ र मिलन कुमार लिम्बूले ४४२, महिला सदस्यमा रञ्जु मायुथाक ५२३, जसोदा नेपाली ४७० मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ४ अध्यक्षमा एमालेका बल बहादुर लिम्बू २५२ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार चन्द्रमा खोयाहाङ लिम्बूले २०२, काँग्रेसका कृष्ण मान सेनेहाङले १०६ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राम कुमार साम्सोहाङले २४ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा स्वतन्त्र उम्मेदवार गृधन राई २२६ र एमालेका देवी प्रसाद न्यौपाने २१०, महिला सदस्यमा एमालेकी गिता सावादेन २५६ साथै दलित महिला सदस्यमा दुर्गा नेपाली २७० मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ५ अध्यक्षमा स्वतन्त्र उम्मेदवार रमेश खालिङ २८३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका तारामान साम्सोहाङले २२४ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा काँग्रेसका सेर बहादुर सेनेहाङ २७८ र सन्देश कुमार साम्सोहाङले २४९, महिला सदस्यमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सुकरानी नेम्बाङ २५३ साथै दलित सदस्यमा काँग्रेसकी जानुका कामी २४९ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ६ वडा अध्यक्षमा एमालेका जीतमान तामाङ ५१३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका पुणर् कुमार थेबेले ५१० र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोपीलाल लिम्बूले ३ मत प्राप्त गरेका छन् । एमालेबाट नै खुल्ला सदस्यमा राजेन्द्र थेबे ५७० र अम्बर बहादुर थेबे ४९०, महिला सदस्यमा सोनिया साम्यू लम्बू ५१८ साथै दलित सदस्यमा धन कुमारी सार्की ५२७ मत प्राप्त गर्दै विजयी भएका छन् ।

सिदिङ्वा गाउँपालिका
सिदिङ्वा गाउँपालिका अध्यक्षमा एमालेका मान बहादुर राई विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रस्पिर्धी काँग्रेसका प्रदिप राईलाई ७०३ मतले पछि पार्दै विजयी भएका हुन् । उनले ३०८५ मत प्राप्त गर्दा काँग्रेसका राईले २,३८२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादी केन्द्रकी कृष्ण कुमारी कडरिया (बन्दना) विजयी भएकी छन् । उनले आफ्ना प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार जिवन ताम्लिङलाई एक मतले पराजित गरेकी छन् । बन्दनाले २,३७६ मत प्राप्त गर्दा ताम्लिङले २,३७५ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षका अन्य उम्मेदवारहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मनोज राईले ६३ र स्वतन्त्र उम्मेदवार राजकुमार बानियाँले ११ मत प्राप्त गरेका छन् ।

वडा नम्बर १ मा एमाले विजयी भएको छ । वडा अध्यक्षमा एमालेका गोपाल बानिया २२१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एकिकृत समाजवादीका विजय प्रकाश चापागाईंले १०७ र स्वतन्त्र उम्मेदवार याम बहादुर बानियाले शुन्य मत प्राप्त गरेका छन् । सदस्यमाहरुमा एमालेका भानुभक्त दाहाल २०७, टईन्द्र प्रसाद चापागाईं २००, छत्रमाया ईजम १९, दलित महिला सदस्यमा मन कुमारी खाती १८२ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर २ मा एमाले विजयी भएको छ । एमालेका पुणर् कुमार लिम्बु ३२८ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका शेर बहादुर लिम्बुले २०७ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा एमालेका भानुभक्त बानिया ३१२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पुणर् बहादुर लिम्बु २९९, महिला सदस्यमा एमालेकी सावित्रा पौडेल ३३२, दलित महिला सदस्यमा पनि एमालेकी साहारा परियार ३२६ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ३ मा एमालेका रत्न बहादुर खत्रि विजयी भएका छन् । खत्रिले ५४१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका हस्त बहादुर खनालले ४२९ र स्वतन्त्र उम्मेदवार हस्त बहादु कटुवालले १३ मत प्राप्त गरेका छन् । त्यस्तै खुल्ला सदस्यमा एमालेका धनराज राईले ४८५, ईन्द्र बहादुर देवानले ४७१, तुलसी माया बुढाक्षेत्री ५२६, दलित महिला सदस्यमा रामप्यारी विश्वकर्मा ५०९ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ४ साब्लाखुको वडाध्यक्षमा संघीय लोकतात्रकि राष्ट्रयि मञ्चले विजयी भएको छ । ५८ मत बढी ल्याएर पूणर्कुमार ताम्लिङ वजियी भएका छन् । दाप सहतिको खुकुरी चुनाव चन्हि लएिर चुनावी प्रतस्पिर्धामा रहेका उनले ३ सय ७२ मत प्राप्त गर्दा उनका प्रतस्पिर्धी नेपाली कांग्रेसका उम्मेद्वार मनकुमार लङिदेनले ३१४, ज्ञानेन्द्र कुमार पन्दाक २२४ र तेज बहादुर लिम्बू १४ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा स्वतन्त्र उम्मेदवार भुवानी प्रसाद बुढाथोकी ३१५ र रन बहादुर विष्ट ३११, महिला सदस्यमा अमृता लिम्बू ३२३, दलित महिला सदस्यमा कमला कामी ३४७ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ५ अध्यक्षमा स्वतन्त्र उम्मेदवार अम्बर बहादुर लिम्बू विजयी भएका छन् । उनले ५०९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी काँग्रेसका विनोद कुमार राईले ३९० मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा एमालेका श्याम बहादुर लिम्बू ४३३ र याम कुमार लिम्बू ४२७, महिला सदस्यमा रेनुुुुुुुु लिम्बू ४६९, दलित महिला सदस्यमा आशा कामी ५०८ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ६ अध्यक्षमा एमालेका रत्न कुमार लिङदेन ४७४ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका दल बहादुर लिम्बूले ३८६ र स्वतन्त्र उम्मेदवार रत्न कुमार कडरियाले ३३ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा एमालेका चन्द्र प्रसाद वानियाँ ३९६ र काँग्रेसका खड्ग बहादुर चौहान ३८६ मत प्राप्त गर्दै विजयी भएका छन् । त्यस्तै गरि महिला सदस्यमा काँग्रेसकी चन्द्रकला दाहाल ४२९ साथै दलित महिला सदस्यमा मेनुका सार्की ३९० मत प्राप्त गरेर विजयी भएका छन् ।

वडा नम्बर ७ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका लक्षुमन तामाङ ३४५ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका भुमि प्रसाद तामाङले ३११, स्वतन्त्र उम्मेदवार बुद्ध बिर तामाङले ७५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भिष्मराज लिम्बुले ९ र राप्रपाका राम कुमार तामाङले ५ मत प्राप्त गरेका छन् । त्यस्तै खुल्ला सदस्यमा काँग्रेसका राज कुमार लिम्बु ४०२, पुणर् कुमार गुरुङ ३८५ मत ल्याएर विजयी भएका छन् । महिला सदस्यमा काँग्रेस कै तारा देवी भट्टराई ३९८ साथै दलित महिला सदस्यमा मन कुमारी विश्वकर्मा ३९१ मत ल्याउँदै विजयी बनेका छन् । सिदिङ्वामा काँग्रेस साथै माओवादी केन्द्रले गठबन्धन गरेर चुनावमा सहभागी भएका थिए ।

सिरिजङ्घा गाउँपालिका
सिरिजङ्घा गाउँपालिका अध्यक्षमा काँग्रेसका लाल कृष्ण चौहान विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका सन्तोष कुमार चाम्लिङलाई ६८ मतले पछि पार्दै विजयी भएका हुन् । चौहानले ३,३४३ मत प्राप्त गर्दा चाम्लिङले ३,२७५ मत प्राप्त गरेका छन् । त्यस्तै अर्का अध्यक्षका उम्मेदवार राप्रपाका डिल्ली प्रसाद पौडेलले ११ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादी केन्द्रका डा.चित्र मावो विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेकी तुलसा बस्नेतलाई १,१२१ मतले पछि पार्दै विजयी भएका हुन् । डा. मावोले ३,५४६ मत प्राप्त गर्र्दा बस्नेतले २,४२५ मत प्राप्त गरेकी छन् । उपाध्यक्षका अर्का उम्मेदवार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पदम सिंह माबोले २४६ मत प्राप्त गरेका छन् ।

वडा नम्बर १ अध्यक्षमा एमालका सिंह बहादुर युवारम ४६९ मत ल्याउँदै वडा अध्यक्षमा विजयी भएका छन् । उनका प्रतिस्प्रर्धी गठबन्धनका तर्फबाट काँग्रेसका बिरेन्द्र थेबेले ३०५ मत ल्याएका छन् । त्यस्तै एमालेबाट नै खुल्ला सदस्यमा टेक बहादुर विष्ट ४३२ र कैलाश गुरुङ ४२६, महिला सदस्यमा सर्मिला लिम्बू ४७० साथै दलित महिला सदस्यमा मन कुमारी वि.क. ४५८ मत ल्याएर विजयी भएका छन् ।

वडा नम्बर २ आम्बेगुदिनमा एमालको प्यानलै विजयी भएको छ । एमालेका दिलेन्द्र कुँवर ७१५ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् । कुँवरका प्रतिस्पर्धी लक्ष्मि प्रसाद थेबेले ५६६ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा एमाले कै अरित कुमार लिम्बु ७३७ र पदम कुमार विष्ट ६२९ मत प्राप्त गर्दै विजयी भएका छन् । त्यस्तै एमालेबाट नै महिला सदस्यमा हरिमाया विष्ट ६१० साथै दलित महिला सदस्यमा गिता नेपाली ६३५ मत ल्याएर विजयी भएका छन् ।

वडा नम्बर ३ अध्यक्षमा काँग्रेसका दील प्रसाद बोखम ४०३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेकी कुमारी सावादेनले ३९९ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका हस्त बहादुर काङवाले ३९ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा एमालेका चन्द्र बीर मादेन ३६६ र माओवादी केन्द्रकी अम्बि सावादेन ३६५, महिला सदस्यमा माओवादी केन्द्रकी सितादेवी भट्टराई ४०० र दलित महिला सदस्यमा माओवादी केन्द्र कै भत्तिमाया कालीकोटे ३९४ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ४ अध्यक्षमा माओवादी केन्द्रका रुपदास भट्टराई ५२४ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका काजीमान भण्डारीले २६६ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भुपेन्द्र माबोले १८९ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा काँग्रेसका टीकाराम लिम्बूले ३९७ र राजन कुमार पराजुलीले ३९०, महिला सदस्यमा गंगम खड्का भट्टराई ३०९ साथै दलित महिला सदस्यमा कमला कामी ४०७ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ५ अध्यक्षमा काँग्रेसका बम प्र्रसाद गौतम ३४१ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका भुपाल भण्डारीले २९१, स्वतन्त्र उम्मेदवार सुकराज लिम्बूले ६७ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उदय कुमार लिङदेनले ३७ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा माओवादी केन्द्रका धन प्रसाद लिम्बू ३६७ र काँग्रेसका हर्क बहादुर लिम्बू ३४६, महिला सदस्यमा माओवादीकी रमिला खत्रि ४३२ र दलित महिला सदस्यमा शान्ता लिङदेन ३९९ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ६ मा काँग्रेसका सुखराज लिम्बू विजयी भएका छन् । उनले ३१६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका टिकाराम लिम्बूले २८७ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यतर्फ माओवादी केन्द्रका धन बहादुर लिम्बू ३१६ र एमालेका चन्द्र प्रसाद भट्टराई २८७ मत ल्याएर विजयी भएका छन् । महिला सदस्यमा माओवादी केन्द्रका रिता कुमारी लिम्बू ३३३, दलित महिला सदस्यमा एमालेकी विष्णु कुमारी दमाई ३१८ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ७ खेबाङमा गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार बुद्धि प्रसाद दाहाल वडा अध्यक्षमा विजयी भएका छन् । दाहालले ३८८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका नेत्र कुमार अधिकारीले २८४ र गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका भानुभत्त गौतमले २७९ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा एमालेका दिपेन्द्र तुम्याङ ३७३ र स्वतन्त्र उम्मेदवार जगत प्रसाद लिम्बु २८२ मत प्राप्त गदै विजयी भएका छन् । त्यस्तै महिला सदस्यमा नेपाली काँग्रेसकी सबिता लिम्बु ३७१ साथै एमालेकी मुना दमाई ३३४ मत ल्याएर विजयी भएका छन् ।

वडा नम्बर ८ अध्यक्षमा नेपाली काँग्रेसका कृष्ण कुमार गुरुङ २२१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका हिमाल गुरुङले १७८ मत प्राप्त गरेका छन् । त्यस्तै महिला सदस्यमा मन कुमारी राई (नेपाली काँग्रेस) २१२, साथै खुल्ला सदस्यमा माओवादी केन्द्रका दावा छिरिङ शेर्पा भोटे २३२ र सन्तोष राई १७१ मत ल्याएर विजयी भएका छन् । त्यस्तै दलित सदस्यमा नेपाली काँग्रेसकी सिता देवी सार्की यस अघि नै निर्विरोध निर्वाचित भएकी थिईन् ।

आठराई त्रिवेणी गाउँपालिका
आठराई त्रिवेणी गाउँपालिका अध्यक्षमा एमालेका दिपेन्द्र पोमु विजयी भएका छन् । उनले गठबन्धनलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । पोमुले ५१० मतले गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार विश्वनाथ सिटौलालाई पराजित गरेका हुन् । उनले ३,०३६ मत प्राप्त गर्दा सिटौलाले २,५२६ मत प्राप्त गरेका छन् । त्यस्तै अध्यक्षका अन्य उम्मेदवारहरुमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नरेन्द्र आङबुहाङले २७ र राष्ट्रिय जनमुक्ति पार्टीका याम कुमार आङबुहाङले १८ मत प्राप्त गरेका छन् । त्यस्तै गरि उपाध्यक्षमा एमाले कै शान्ता कुमारी आङबुहाङ विजयी भएकी छन् । उनले २,८१९ मत ल्याएकी छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका प्रजिन हाङबाङले २,४१२ मत प्राप्त गरेका छन् ।

वडा नम्बर १ अध्यक्षमा एमालेका राम प्रसाद पाठक ६२२ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका हर्कमान तामाङले ४९९ मत प्राप्त गरेका छन् । एमालेबाट नै खुल्ला सदस्यमा मल्लराज पोमु ६१२ र कुमार शेर्पा ६०३, महिला सदस्यमा शान्ता गुरुङ ६१० र दलित महिला सदस्यमा शोभा घिमिरे ६०७ मत प्राप्त गर्दै विजयी भएकी छन् ।

२ नम्बर वडा अध्यक्षमा एमालेका टेकिन्द्र सेन्दाङ ८०६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका सोम विमलीले ६८८ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा काँग्रेसका देवेन्द्र सेन्दाङ ८०८ र एमालेका दुर्गा प्रसाद ७०५ मत ल्याएर विजयी भएका छन् । महिला सदस्यमा एमालेकी शारदा कुमारी विमली ८११ र दलित महिला सदस्यमा एमाले कै अमृता वि.क. ८१३२ मत ल्याएर विजयी भएका छन् ।

३ नम्बर वडा अध्यक्षमा एमालेका सुर्यमान याक्सो ८२५ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका छन् । उनका प्रतिस्पर्धी एकिकृत समाजवादीका मक्रजङ लिम्बूले ३२८ र स्वतन्त्र उम्मेदवार गंगा प्रसाद याक्सोले २९३ मत ल्याएका छन् । खुल्ला सदस्यमा एमालेका दुर्गा मगर ८२५ र बदम बहादुर गुरुङ ७३२, महिला सदस्यमा लिला देवी भट्टराई (खड्का) ७५५, दलित महिला सदस्यमा सिता बराईली ८०८ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा नम्बर ४ चाँगेमा गठबन्धनलाई पराजित गर्दै एमालेको प्यानलै विजयी भएको छ । एमालेका उम्मेदवार अर्जुन लिम्बु ४०८ मत प्राप्त गर्दै वडा अध्यक्षम विजयी भएका हुन् । उनका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट धनराज तामाङ (काँग्रेस) ३९० मत प्राप्त गर्दै लिम्बुसँग पराजित भएका हुन् । खुल्ला सदस्य तर्फ एमाले कै सुन्दरराम लिम्बु ४२७ र बलबहादुर लिम्बु ४०८, महिला सदस्यमा विष्णु कुमारी तामाङ ४२४ साथै दलित महिला सदस्यमा नरमाया दर्जी ४०७ मत ल्याएर विजयी भएका छन् ।

वडा नम्बर ५ माओवादी केन्द्रका लक्षुमन राई ३८८ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका छन् । उनका प्रस्पिर्धी एमालेका सन्तोष लिम्बुले ३०१ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यतर्फ गठबन्धन कै तर्फबाट काँग्रेसका तिलकमान लिम्बू (आङबुहाङ)ले ३९१ र सञ्जु आङबुहाङले ३४० मत प्राप्त गर्दै विजयी भएका छन् । त्यस्तै महिला सदस्यमा काँग्रेस कै चन्द्रा शेर्पा लिम्बु ३५७ साथै दलित महिला सदस्यमा गीता देवी विश्वकर्मा ३५९ मत ल्याएर विजयी भएका छन् ।

जिल्लामा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीले गठबन्धन गरेर चुनावमा भाग लिएका थिए ।


प्रतिक्रिया दिनुहोस्