स्वतन्त्र उम्मेदवारको मत बढी आउनु दलहरूको निम्ति खतराको घण्टी : योगेश भट्टराई

काठमाडौं । एमालेका सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

संसद् भवन परिसरमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएको मत परिणाम निराशाजनक नभएको दाबी गरे ।

पार्टी हारको कारणमा उम्मेदवार छनौटमा कमजोरी हुनु रहेको बताउँदै उहाँले कतिपय ठाउँहरूमा पार्टीलाई जिताउन नलागी विरोधीहरूलाई जिताउन साँठ गाँठ गरिएको पनि बताए ।

काठमाडौं महानगरपालिकामा कांग्रेस, एमालेलगायतका ठुला दलहरूलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारको मत बढी आउनु दलहरूको निम्ति खतराको घण्टी भएको पनि भट्टराईको टिप्पणी थियो ।

त्यसै गरी एमालेका रामवीर मानन्धरले काठमाडौं महानगरपालिकामा विगत पाँच वर्षमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती मौलाएका कारण जनताले राजनीतिक दलहरूलाई भोट नदिएको बताए ।


प्रतिक्रिया दिनुहोस्