महेश लाबुङ बने ताप्लेजुङकै कान्छा वडाध्यक्ष

काठमाडौं । २०७९ साल वैशाख ३० गते दोस्रो पटक देश भर स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । उक्त निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

यसै सन्दर्भमा ताप्लेजुङ जिल्लामा भने सबै स्थानीय तहको मत परिणाम आइसकेको छ । एक नगरपालिका र आठ गाउँपालिका रहेको ताप्लेजुङमा सबै स्थानीय तहको नतिजा सार्वजनिक भएको हो ।

यही सार्वजनिक मत परिणाम अनुसार ताप्लेजुङले २६ वर्ष उमेरका वडा अध्यक्ष पाएको छ । फक्ताङ्लुङ गाउँपालिका वडा नं. ४ इखाबुका महेश लाबुङ जिल्लाभरीमै सबैभन्दा कान्छा वडाध्यक्ष बनेका हुन् ।

नेकपा एमालेबाट उम्मेदवार बनेका लाबुङ ५०० मत ल्याई विजयी भएका हु । उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छत्रमणि लाबुङ २४९ मत ल्याएका छन् । उक्त वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ


प्रतिक्रिया दिनुहोस्