नेपाली कांग्रेसले तोड्यो एमालेको रेकर्ड

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा एमालेको पुरानो रेकर्ड तोडेको छ ।

हालसम्मको मत परिणामअनुसार कांग्रेसले एमालेको पुरानो रेकर्ड ब्रेक गर्दै सबै स्थानीय तहको मत गणना नसक्दै २९६ स्थानीय तह जितेको छ ।

कुल ७५३ स्थानीय तहमध्ये कांग्रेसले नगरपालिका तथा उपमहानगरपालिको मेयरमा ११२ र गाउँपालिका अध्यक्षमा १८४ पद जितेको हो ।

अघिल्लो २०७४ को स्थानीय निर्वाचनमा एमालेले २९४ स्थानीय तह जितेको थियो । हालसम्मको मत परिणामअनुसार यसपालि एमालेले १८२ स्थानीय तहमा जित निकालेको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले २६७ स्थानीय तह जितेको थियो । त्यस्तै त्यतिबेला नेकपा माओवादीले १०६ जितेको थियो । यसपालि हालसम्म भने माओवादी केन्द्रले ११२ पालिकामा जितिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्