काठमाडौं महानगर : २२ हजार मत गन्न बाँकी, बालेनलाई २० हजारको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह पक्का भएका छन् । २० हजार मत गन्न बाँकी छँदै उनी पक्का जस्तै भएका हुन् । 

हाल करिब २२ हजारमात्र मत गन्न बाँकी छँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा २० हजार बढी मतले अगाडि छन् । 

करिब एक लाख ९१ हजार ५९ मत खसेमध्ये अब मात्र २२ हजारको हाराहारीमा मत गन्न बाँकी छँदा बालेन्द्रले ५४ हजार ७१८ मत ल्याएका छन् । सिर्जनाले ३४ हजार ६०८ मत ल्याएकी छिन् । 

अर्थात् मतान्तर २० हजार ११० मतको रहेको छ । तेस्रो स्थानका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३३ हजार ९७५ मत ल्याएका छन् । 

उपमेयरतर्फ एमालेकी सुनिता डंगोल भने विजयी भइसकेकी छिन् । मतान्तर मत गन्न बाँकी भएभन्दा पनि निकै बढी भएका कारण पनि सुनिताले यसअघि नै जित निकालेकी हुन् । 

उनले ५१ हजार २०७ मत ल्याएकी छिन् भने निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १७ हजार ३४८ मतमात्र ल्याएका छन् । 


प्रतिक्रिया दिनुहोस्