मैवाखोला गाँउपालिकामा वडावाटै सामाजिक सुरक्षाभत्ता वितरण गरिनेछ: अध्यक्ष वनेम

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाँउपालिकामा सामाजिक सुरक्षाभत्ता वडा वडाबाट बितरण गरिने नवनिर्वाचित गाँउपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताएका छ्न् । पदभार ग्रहण गर्दै वनेमले
पालिकाको केन्द्रवाट मात्र वितरण गर्दा स्थानीयले सास्ती भोग्नु पर्ने बाध्यतात्मक स्थिति छ । यो स्थितिको अन्त्य गर्न बैंकसँग समन्वय गरि पालिकाका हरेक वडा वडामा वितरण गर्ने निर्णय गरिएको बताए ।

यस्तै अध्यक्ष वनेमले ज्येष्ठ नागरिक अशक्त, अपाङ्ग र गर्भवती महिलालाई महिनामा एकपटक घरैमा स्वास्थकर्मी पठाएर निशुल्क प्राथमिक स्वास्थ परीक्षण गराउने निर्णयमा हस्ताक्षर गरेका छ्न् । यस्तै प्रत्येक वडाबाट पालिकाको केन्द्र र पालिकाको केन्द्र देखि सदरमुकामसम्म जोड्ने सडकहरुको ग्राभेल ३ बर्षमा सम्पन्न गर्ने निर्णय समेत भएको अध्यक्ष वनेमले बताए ।

वनेम गत वैशाख ३० मा भएको निर्वाचनमा वनेम गठबन्धन माओवादी केन्द्रको तर्फबाट २६०९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका राजन कुमार थत्लुङले २,०५२ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका चरण बहादुर मुुुसुहाङले ४४ मत प्राप्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्