मेरिङदेन गाउँ कार्यपालिकामा एमालेलाई बहुमत

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँ कार्यपालिकामा एमालेले बहुमत जुटाएको छ । बिहीबार कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई पराजित गरी ६ जना कार्यपालिका सदस्य नै एमालेबाट निर्वाचित भएका हुन् ।

तर, पालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद भने एमालेले गुमाएको छ । ६ वडा रहेको मेरिङ्देन गाउँपालिकाको १४ सदस्यीय कार्यपालिकामा ४ जना वडाध्यक्षसहित एमालेका १०, पालिका अध्यक्ष र २ वडाध्यक्षसहित कांग्रेसका ३ र पालिका उपाध्यक्षसहित नेकपा एसले कार्यपालिकामा १ सदस्यीयको प्रतिनिधित्व गर्ने छ ।

निर्वाचित महिला सदस्यबाट कार्यपालिकामा जाने ४ पदमा याङ्डे शेर्पा, अमृता मगर शेर्पा, कमला तामाङ र बिमला कामी निर्वाचित भएका छन् । दलित वा अल्पसंख्यकबाट जाने २ पदमा पासाङ छिरिङ शेर्पा र ङिमाखाण्डु शेर्पा निर्वाचित भएका छन् ।

यसअघि फुङलिङ नगर कार्यपालिकाको ८ पदका लागि भएको निर्वाचनमा ८ पदमै गठबन्धन पक्ष विजयी भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961