कञ्चनजङ्घा आधार शिविरमा मानव अस्थिरपञ्जर भेटिए

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको फत्ताङलुङ गाउँपालिकामा अवस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविर पहिचान गर्न नसक्ने अवस्थामा मानव अस्थिरपञ्जर भेटिएको छ । नेपाल सरकारको राष्ट्रिय अभियान अनुसार नेपाली सेनाको अगुवाईमा संचालन भएको सफा हिमाल अभियान २०७९ कार्यक्रम अन्तरग कञ्चनजङ्घा हिमालको आधार शिविर (वेश क्याम्प)मा दुईवटा मानव अस्थिरपञ्ज भेटिएको हो । सो मानव अस्थिरपञ्जरलाई जिल्ला प्रहरी कार्यलय ताप्लेजुङ पठाईएको नेपाली सेनाका सेनानी एवम् अभियान प्रमुख समिर बहादुर बस्नेतले जानकारी दिए ।

सफा हिमाल कार्यक्रम अन्तरगत हिमालको आधार शिविर साथै माथिल्लो आधार शिविरमा भएको १५,३७३ किलोग्राम फोहोर फत्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकसम्म ल्याईएको छ ।फोहोर गाउँपाकिा अध्यक्ष राजन लिम्बू ( मुक्ति), अभियान प्रमुख नेपाली सेनाका सेनानी बस्नेत, आधार शिविरका प्रमुख एवम् सेनानी मुरारी सापकोटा कञ्चनजङ्घा संरक्षण तथा व्यवस्थापन परिषद् (केसिएएमसी)का प्रतिनीधि अमिर लिम्बू, तापेथोक प्रहरी प्रमुख बिछुलाल राजवंशी र पिक प्रोमोसन प्राईभेट लिमिटेडका शेर्पा सरदार फुर्वा शेर्पाको रोहोवरमा ल्याईएको पालिका अध्यक्ष लिम्बूले बताए ।

साथै पालिका अध्यक्ष लिम्बुले फोहोर मध्ये ३,०१७ किलोग्राम जैविक ( बायो डिग्रेडएबल) फोहोरलाई लागत धैरे लाग्ने भएकोले गाउँपालिका मै व्यवस्थापन गरिने र अजैविक (नन ग्रिडेएबल) फोहोरलाई मात्रै व्यवस्थापनको लागि अभ्नी भेन्चर प्राईभेट लिमिटेड काठमाडौं पठाईने बताए । लिम्बूले भने,“बेस क्याम्पबाट पालिका केन्द्र हुँदै काठमाडौं पनि हेलिकप्टर मै फोहोर पठाउनु पर्ने अवस्था छ । जस्ले गर्दा लागत धैरे लाग्ने गर्छ । त्यहि भएर सबैको सल्लाह वमोजिम जैविक फोहोरलाई गाउँपालिका मै व्यवस्थापन गर्न लागिएको हो ।”

वेस क्यापको फोहोरलाई नेपाली सेनाले हेलिकप्टर मार्फत विगत समयमा आवश्यक व्यवस्थापनका लागि काठमाडौं लग्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961