प्रेस सेन्टर ताप्लेजुङद्धारा कृष्ण सेन‘इच्छुक’ पत्रकारीता पुरस्कारका लागि अक्षयकोष स्थापना

ताप्लेजुङ । प्रेस सेन्टर नेपाल ताप्लेजुङले कृष्ण सेन ‘इच्छुक’को २० औं स्मृति दिवसको अवसरमा कृष्ण सेन ‘इच्छुक’ पत्रकारीता पुरस्कार लागि अक्षयकोष स्थापना गरेको छ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा शुक्रबार एक कार्यक्रम गर्दै दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको हो ।

कोषबाट जम्मा भएको व्याजबाट अर्को वर्षबाट प्रत्येक वर्ष सेनको स्मृति दिवसको अवसरमा जिल्लाका क्रियाशील पत्रकारहरु मध्ये एक जनालाई पुरस्कार प्रदान गर्ने उदेश्यले कोष स्थापना गरिएको प्रेस सेन्टर नेपाल तापलेजुङका अध्यक्ष जीवन कालिकोटेले जानकारी दिए ।

‘इच्छुक’ को सम्मानमा अक्षयकोष स्फुर्त रुपमा स्थापना भएको बताउँदै प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य चन्द्र पन्दाक ‘प्रयास’ले अक्षयकोषको फन्ड बृद्धिका लागि सहयोग गर्न चाहाने व्यक्तिहरुले सहयोग गर्न सक्ने बताए । पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतमले सेन प्रति श्रद्धा व्यक्त गर्दै पत्रकारहरु पार्टीको कार्यकर्ता जस्तो नभएर निष्पक्ष रुपमा कलम चलाउनु पर्ने बताए ।

स्मृति दिवसको अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्र १ नं प्रदेश सचिवालय सदस्य तथा ताप्लेजुङ सहइञ्चार्ज मिङ्मा डण्डु शेर्पाले पत्रकारिता र साहित्य क्षेत्रमा कृष्ण सेन ‘इच्छुक’को योगदान अविस्मरणीय रहेको बताउँदै द्वन्द्वकालको समयमा राज्यले निर्मम तवरबाट हत्या गरेर नेपालको पत्रकारिता र साहित्य क्षेत्रका उज्जवल नक्षत्र माथि प्रहार गरेको बताए ।

वि.सं. २०५९ जेठ १३ गते प्रदर्शनी मार्गस्थित महेन्द्र पुलिस क्लबको हिरासतमा रहेका बेला कृष्ण सेन ‘इच्छुक’ को हत्या गरिएको थियो । उनको सम्झनामा हरेक वर्ष जेठ १३ गते कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस मनाउने गरिन्छ । प्रगतीशिल विचार धारमा कलम चलाउने ईच्छुकका बन्दी र चन्द्रागिरी, शोकाञ्जली साथै इतिहासको यस घडिमा प्रकाशित कृतिहरु हुन् । वि.सं. २०१३ सालमा कात्तिकमा भारतको देहरादुनमा जन्मिएका इच्छुक जनादेश साप्ताहिकको सम्पादक समेत रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961