नेपाली राष्ट्रिय फुटबल टोलीले आज टिमोर लेस्टेसँग खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज शनिबार टिमोर लिस्टेसँग मैत्रीपूणर् खेल खेल्दैछ । एएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपालको खेल दोहाको ग्राण्ड हमाद स्टेडियमा नेपाली समय अनुसार राति ९ः ४५ बजे सुरु हुनेछ ।

एसियन कप छनोट अघि दोहामा दुई मैत्रीपूणर् खेल खेल्दैछ । सोहीअनुसार पहिलो खेलमा टिमोर लिस्टेसँग खेल्न लागेको हो । नेपालले जेठ २० गते ओमानसँग मैत्रीपूणर् खेल्ने तालिका रहेको छ । नेपाली टोली कतारबाटै छनोटका लागि कुवेत जानेछ ।

छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्