मैवाखोला गाउँ कार्यपालिकामा गठबन्धनलाई बहुमत

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँ कार्यपालिकामा गठबन्धनले बहुमत जुटाएको छ । १४ सदस्यीय कार्यपालिकामा एमालेका १ जना वडाध्यक्षले मात्र प्रतिनिधित्व गर्नेछन् ।

निर्वाचित महिला सदस्य भित्रबाट ४ र दलित वा अल्पसंख्यक मध्येबाट कार्यपालिकामा जाने २ गरी ६ जना कार्यपालिका सदस्य नै गठबन्धन पक्षका निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित महिला सदस्यमध्येबाट कार्यपालिकामा जाने ४ जनामा नेपाली कांग्रेसका सुनिता फागो र नरकुमारी लिम्बू, नेकपा माओवादी केन्द्रका बिनु लिम्बू र नेकपा एसका तुलसा बराइली निर्विरोध चयन भएका हुन् ।

यस्तै दलित वा अल्पसंख्यकमध्येबाट कार्यपालिकामा जाने २ जनामा कांग्रेसका पासाङ ग्याबु शेर्पा र माओवादी केन्द्रका रीता शेर्पा चयन भएका छन् ।


प्रतिक्रिया दिनुहोस्