सिटिजन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दावी भुक्तानी बापत ३ लाख ५० हजार परिवारलाई हस्तान्तरण



ताप्लेजुङ । सिटिजन लाईफ इन्स्योरेन्स ताप्लेजुङ शाखाले बिमितको मृत्यु मृत्यु पछि दिईने मृत्यु दाबी भुत्तानी बापतको ३ लाख ५० हजार रुपैंया हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै जिल्लाको मेरिङदेन गाउँपालिका वडा नंं. ३ खाम्लुङकी पदमकुमारी सेलिङको मृत्यु बापतको रकम मृतकका आफन्तलाई हस्तान्तरण गरेको हो ।

प्रमुख अतिथि समेत रहेका फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले सिटिजन बाल भबिष्य जीवन बीमा बापतको मृतक पदमकुमारीका श्रीमान् अमृत लिम्बूलाइ हस्तान्तरण गरे । हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख मादेनले जीवन बीमा जोखिम बहन र सुरक्षणका निम्ति उपयुक्त हुने बताए ।

अमृतलाइ बीमाङ्क बापत ३ लाख र मृतकको काजकिरिया खर्च बापत ५० हजार रुपैंया हस्तान्तरण गरिएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका ताप्लेजुङ शाखा प्रमुख शर्मिला भण्डारीले बताईन्। सिटिजन बाल भबिष्य जीवन बीमा योजना अनुसार प्रस्तावकको मृत्यु भएमा मासिक आयलाभ देखि बीमालेख परिपक्व हुने मिति वा बीमितको मृत्यु जुन अघि हुन्छ,सो अवधि सम्मको बीमाङ्क रकमको १ प्रतिशतका दरले हुने रकम अनुसार ३ हजारका दरले मासिक रुपमा बीमित बच्चाको खातामा रकम जम्मा हुने छ ।

२ वर्ष अघि पदमकुमारीले छोरा सुदिशको ३ लाखको १५ वर्षे बिमा गरेकी थिईन् । सो योजना अन्तरगत अभिभावकको पनि स्वतः बिमा हुने गर्दछ । उनले दुई किस्ता बापत ४६ हजार पाँच सय ८४ रुपैंया ईन्स्योरेन्समा बुझाएकी थिईन् । यस योजना अन्तरगत प्रस्तावकको मृत्यु भएपछि सुदिशकोतर्फबाट भुक्तानी हुनुपर्ने बीमा बापतको प्रिमियम रकम अब सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफैंले व्यहोर्ने छ ।

अब सुदिशको खातामा मासिक रुपमा ३ हजार रुपैंया इन्स्योरेन्स कम्पनीले जम्मा गरिदिने छ भने अबको १३ बर्ष सम्म कम्पनी आफैंले बिमित व्यक्तिको प्रिमियम शुल्क बापतको २३ हजार २ सय ९२ रुपैंयाका दरले रकम तिरिदिने सिटिजन लाइफ इन्स्योरेन्सले जनाएको छ । मृत्यु दाबि बापतको रकम बुझ्दै मृतकका श्रीमान अमृत लिम्बुले श्रीमतीको मृत्यु भए पनि छोरालाई शिक्षा दिन ईन्स्योरेनसले दिएको रकमले सहयोग गरेको भन्दै सबैले अनिवार्य रुपमा ईन्स्योरेन्स गर्नु पर्ने बताए । पदम कुमारीको केहि समय अघि अकस्मात पेट दुख्ने समस्याले मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्