हरेक छाक चाउचाउ पकाएर खुवाएका कारण श्रीमतीसँग सम्बन्धविच्छेद 

एजेन्सी । भारतको एउटा अदालतका न्यायाधीशले एकजना पुरुषले हरेक छाक तयारी चाउचाउ मात्र पकाएर खुवाउने गरेको कारण आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गरेको बताएका छन् । ती न्यायाधीशले यस अनौठो मुद्दालाई एक अलोकप्रिय तयारी चाउचाउको नामबाट ‘म्याग्गी मुद्दा’को संज्ञा दिएका छन् ।  

भारतमा सम्बन्ध विच्छेदको दर कम भए पनि अहिले यस्तो घटना बढिरहेको छ । दि न्यु इन्डियन एक्सप्रेसका अनुसार भारतको दक्षिण पश्चिमी मैसुरु शहरस्थित गत २७ मेमा उक्त मुद्दाको बारेमा जिल्ला अदालतका मुख्य न्यायाधीश एमएल रघुनाथले पत्रकार सम्मेलनको आयोजना गरेका थिए । 

तर, उनले मुद्दा चलेको समयावधि र यसमा संलग्न दम्पतीको नाम भने उल्लेख गरेको छैनन् । न्युज आउटलेटका अनुसार पीडित पतिले आफूलाई वैवाहिक जीवनभर नै पत्नीले ब्रेकफास्ट, लन्च र डिनरमा सधैँ म्याग्गी तयारी चाउचाउ पकाएर ख्वाउने गरेको पत्रकारहरूलाई जानकारी गराएका थिए । 

न्यायाधीशका अनुसार यो दम्पती आपसी सहमतिबाटै छुट्टिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961