सेञ्चुरी बैंकको ताप्लेजुङ शाखाले दियो भानुजन जन माविलाई ३० थान डस्बिन

काठमाडौं । ताप्लेजुङस्थित फुङलिङ सेञ्चुरी कर्मशियल बैंकको शाखाले भानुजन माध्यमिक बिद्यालयलाइ फोहोर राख्ने भाँडा (डस्बिन) प्रदान गरेको छ । शुक्रबार सदरमुकाम फुङलिङस्थित रहेको उक्त बिद्यालयलाई ३० थान डस्बिन प्रदान गरेको हो ।

सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग प्रदान गरेको बैंकका शाखाका प्रवन्धक बिष्णु बिक्रम खड्काले जानकारी दिए । खड्काले भानुजन माविका प्रधानाध्यापक किशोरकुमार राईलाइ डस्बिन हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा भानुजन माविका प्रअ राईले बिद्यालयले मसिना र अस्थायी प्रकृतिका डस्बिनहरु प्रयोग गर्दै आइरहेकोमा प्राप्त डस्बिनहरुमार्फत फोहोर व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताए ।

सामुदायिक बिद्यालय भानुजन सरकारले घोषणा गरेका नमूना भित्र पर्छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961