एमाले र माओवादी नेतालाई घनश्याम भुसालको सुझाव : ‘एक साता माफी सप्ताह मनाऔँ’

काठमाडौं । एमाले नेता घनश्याम भुसालले वाम आन्दोलनको एकता अपरिहार्य बनेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउन पाँचबुँदे प्रस्ताव अघि सारेका छन् । स्थानीय निर्वाचनअघिदेखि नै वाम एकताको बहस गर्दै आएका भुसालले तत्कालीन नेकपा एकताको असफलताबाट शिक्षा लिएर नयाँ जगमा एकता अगाडि बढाउन सुझाव दिएका छन् ।

बुधबार राजधानीमा भएको ‘कम्युनिस्ट आन्दोलन स् संकट र अबको बाटो’ विषयक प्रवचनमा कार्यक्रममा भुसालले पार्टी विभाजनमा केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तीनैजना नेता जिम्मेवार रहेकोसमेत प्रस्ट्याए ।

भुसालले वाम एकता अगाडि बढाउन ओली र प्रचण्डले गरेको पाँचबुँदे गोप्य सम्झौता गलत भएको स्विकारोक्तिबाट अगाडि बढ्नुपर्ने पहिलो प्रस्ताव गरेका छन् । संसद् विघटन गलत भएको स्वीकार गर्ने दोस्रो र भविष्यमा सिद्धान्तअनुकूलको कार्यक्रम र संगठनात्मक संरचना बनाउने प्रतिबद्धतासहित चुनावपछि महाधिवेशन आयोजना गर्ने उनको तेस्रो प्रस्ताव छ ।

तत्काल वाममोर्चा बनाउनेसहित संघ र प्रदेशको निर्वाचनमा जाने र त्यसले नयाँ परिस्थिति निर्माण गर्ने उनको चौथो प्रस्ताव छ । त्यति गर्दा पनि पार्टी एकताप्रति विश्वास नहुने भएकाले एक साता माफी सप्ताह सञ्चालन गरेर जनतासामु आत्मालोचना गर्नुपर्ने उनको पाँचौँ प्रस्ताव छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961