पहिरोमा परी सासु–बुहारीको मृत्यु, छोरा घाइते

ताप्लेजुङ । बिहीबार बेलुका गएको पहिरोमा परी सिरिजंगा गाउँपालिका–६ खेवाङका सासु–बुहारीको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।

छिमेकी ज्ञानेन्द्र पुर्कोटीका अनुसार सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको मृत्यु भएको हो । छोरा विष्णु अधिकारी गम्भीर घाइते भएका छन् ।

सासु र बुहारीको शव मतानले पुरेको देखिएको तर प्रहरी आइ नपुगेकाले निकाल्ने प्रयास नभएको पुर्कोटीले जानकारी दिए । प्रहरी नायब उपरीक्षक कैलाश कार्कीका अनुसार प्रहरीको टोली खेवाङ प्रहरीचौकीबाट घटनास्थलमा गइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्