स्वतन्त्र नाम राखिएकामा चौतर्फी आलोचनापछि प्रष्ट पार्न पत्रकार सम्मेलन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोर्टर्स क्लबमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो ।

लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गरेका थिए । पार्टीको नाम स्वतन्त्र राखिएकामा चौतर्फी आलोचना भइरहेको छ ।

यसबारे पत्रकार सम्मेलनमा थप प्रष्ट पारिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्