काम गरेर होइन मेरा विरुद्ध फेसबुकमा स्ट्याटस लेखे बापत तलब कसरी दिने ? : रामकुमारी झाँक्री

काठमाडौं । सहरी विकास मन्त्री हुँदा रामकुमारी झाँक्रीको सचिवालयमा काम गरेको पैसा नपाएको पत्रकार कान्ति न्यौपानेले आरोप लगाएकी छिन् । मन्त्री झाँक्री बाहिरिएसँगै उनले सामाजिक सञ्जालमार्फत आफूले उनको सचिवालयमा काम गरेबापत् ६र७ महिनाको तलब नपाएको गुनासो गरेकी हुन् ।

तर झाँक्रीले भने न्यौपाने नेताको भनसुनका आधारमा सचिवालयमा काम गर्न आएको तर आफूलाई मन्त्रालयमा कुनै सहयोग नगरेको दाबी गरेकी छन् । न्यौपानेलाई फागुनदेखि नै सचिवालयबाट बिदा गरेको पनि उनको भनाई छ ।

‘मेरो प्रेस सहयोगी मेरो काममा सहयोग गर्ने होइन की, सचिव र अन्य कर्मचारीसँग आफूसँग सरोकार नभएका विषयमा चासो राख्ने, कन्सल्टेन्सी लिष्ट माग्ने, मेरो सुविधा दिनु भनेर मन्त्रालयको आन्तरिक शाखामा गएर माग्ने आदि कुरा थाहा पाएपछि मेरो सार्वजनिक खर्च कटौतीको अभियानलाई समेत अप्ठ्यारो पर्ने भएपछि मैले नराख्ने निधो गरी फागुनको पहिलो हप्ता नै आज सम्मको कामका लागि धन्यवाद अब मलाई सहयोग गर्न आउन पर्दैन भनेको थिए,’ उनले लेखेकी छन् ।

उनले थप लेखेकी छन्, ‘मैले त एक महिना पनि सहयोग गरेको पाइनँ । उनले कति समाचार लेखिन् देख्न सक्नुहुन्छ। आफूले कुनै काम नगरी श्रमजीवीको नाममा तलब माग्न मिल्छरु म बसुञ्जेल मेरो काम गरेको विवरण लिएर आउनुस् म मेरो आफ्नै तलबबाट दिउँला । काम गरेर होइन मेरा विरुद्ध फेसबुकमा स्ट्याटस लेखे बापत तलब कसरी दिने ?’


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961