डाक्टर कुट्ने प्रहरीलाई कारबाही गर्न चिकित्सक संघको माग

काठमाडौं, १४ असार । डाक्टर कुट्ने प्रहरीलाई कारवाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । सोमबार विज्ञप्ती जारी गर्दै संघले डा. कुल बहादुर घिसिङलाई कुटपिट गर्ने ललितपुरका ट्रफिक प्रहरी राजेन्द्र थापालाई कारवाही गर्न माग गरेको हो ।
सुरक्षाकर्मीबाट नै स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सकमाथी गैर मानवीय कार्य हुनुले समग्र राज्यको शान्ति सुरक्षाप्रति गम्भिर प्रश्न खडा भएको विज्ञप्तिमा बताइएको छ । साथै घाइते चिकित्सकको सम्पूर्ण उपचार खर्चको भरणपोषण गर्नसमेत सरकारसमक्ष माग राखेको छ ।

त्यस्तै विज्ञप्तिमा भिनएको छ, यस्ता व्यक्तिलाई यथासक्य कानूनी कारवाही गरी नीज घाइते चिकित्सकको सम्पूर्ण उपचार खर्चको भरणपोषण गराई शान्ति सुरक्षा कायम गर्न तथा भावि दिनमा यस्ता लज्जास्पद र गैरमानवीय कार्य नदोहोर्याउने परिस्थिति सिर्जना गर्न यस संघ सरोकारवाला निकाय, स्थानीय सुरक्षा निकाय, गृह मन्त्रालय एवं नेपाल सरकार समक्ष जोडदार माग गर्दछ । आसार १२ गते पैदल हिडिरहेको अवस्थामा डा. कुलबहादुर घिसिङमाथी सातदोबाटोका ट्राफिक प्रहरी राजेन्द्र थापाले कुटपिट गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्