सामुदायिक वन उपभोक्ता महासंघद्धारा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई सम्मान

ताप्लेजुङ, असार १५ । सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । बुधबार महासंघले ‘सामुदायिक वनमा शुसासन सुदृढीकरण ’बिषयक अन्तरक्रिया कार्यक्रमका साथ सामुदायिक वन क्षेत्रमा क्रियाशिल रही स्थानीय तहको निर्वाचमा निर्वाचित १३ जना जनप्रतिनिधिहरुलार्इ सम्मान गरेको हो ।

सम्मानित हुनेमा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,फुङलिङ नगरप्रमुख अमिर मादेन,जिल्ला सममन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङ्खिम लिम्बू रहेका छन् । यस्तै सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राई,मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, मैवाखोला गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेम,फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा र मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामा सम्मानित भएकान छन् ।

त्यसैगरी सम्मानित हुनेमा क्रमस् फुङलिङ नगरपालिका वडा नं ७ का वडाध्यक्ष योगेन्द्र निरौला,आठराइ त्रिबेणी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष अर्जुन लिम्बू,मेरिङदेन गाउँपालिका वडा नं २ का वडाध्यक्ष तेजकुमार चोङ्वाङ,मिक्वाखोला गाउँपालिका वडा नं ५ का वडाध्यक्ष ग्याञ्जे शेर्पा र सिदिङ्वा गाउँपालिका वडा नं १ का वडा सदस्य टईन्द्र चापागाँइ रहेका छन् । सामुदायिक वन क्षेत्रलाइ व्यवस्थित बनाउन तथा सामुदायिक वन क्षेत्रका बिभिन्न क्रियाकलापमा सहभागी भई सामुदायिक वन क्षेत्रमा रचनात्मक सहयोग पुग्ने कार्य गर्ने व्यत्तित्वहरु स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपछि महासंघले सम्मान गरेको सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङका अध्यक्ष सुरज ओझाले बताए ।

कार्यक्रमका प्रमुख अथिति सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद ओझाले जननिर्वाचित प्रतिनिधिहरुमार्फत सामुदायिक वन व्यवस्थापनका लागि नीतिगत तथा प्रकृयागत रुपमा समन्वय र सहकार्य हुने बिश्वास व्यक्त गरे । जिल्ला समन्वय समिति उपप्रमुख लिङ्खिमले सामुदायिक वन क्षेत्रमा आफुले लामो समय दिएको योगदान स्वरुप सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघले गरेको सम्मानको अर्थ नभुल्ने बताए । सिदिङ्वा गाउँपालिका अध्यक्ष राईले सामुदायिक वन विकासको क्षेत्रमा निर्वाचित जनप्रतिनिधिका हैसियतले रचनात्मक र महत्वपूर्ण भूमिका निर्वाह गर्न प्रतिबद्ध रहने बिश्वास दिलाए ।

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले सामुदायिक वन क्षेत्रलाइ व्यवस्थित गर्न वन क्षेत्रमा शुसासन अपरिहार्य रहेकोमा जोड दिए । डिभिजन वन कार्यालय ताप्लेजुङका प्रमुख वीरेन्द्र शाहले वन क्षेत्र व्यवस्थापनमा सामुदायिक वनकर्मीहरुको भूमिका बलियो रहेको भन्दै सामुदायिक वनकर्मी र नियमक निकाय मिलेर वन क्षेत्रलाइ संस्थागत र शुसासनले अब्बल बनाउन सकिनेमा जोड दिए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघका अध्यक्ष ओझाले सामुदायिक वन भित्र शुसासन,सुशासन कायम गर्नका लागि खेल्नुपर्ने भूमिका र संस्थागत तथा सांगठनिक संरचना सहितका बिषयमा प्रकाश पार्नु भएको थियो । महासंघका जिल्ला सहसचिव केवल मादेनले कार्यक्रममा उपस्थित भएकालाइ कार्यक्रममै र उपस्थित हुन नसकेका जनप्रतिनिधिलाइ अन्य दिन अनुकूल समय पारेर सम्मानपत्र बितरण गरिने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961