ताप्लेजुङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिने

ताप्लेजुङ,असार १५ । ताप्लेजुङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिने भएको छ । बुधबार बसेको जिल्ला खोप समन्वय समितिको बैठकले असार २२ गते ताप्लेजुङ जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने निर्णय गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख जिल्ला खोप समन्वय समितिका अध्यक्ष हुने व्यवस्था छ । कार्यवाहक जिसस प्रमुख समेत रहनु भएका जिसस उपप्रमुख कृष्णप्रसाद लिङखिम लिम्बूको अध्यक्षतामा बसेको बैठकले पूर्णखोपयुक्त जिल्ला घोषणाको तयारी गरेको हो । घोषणासभाको तयारी सहितका सबै कार्य स्वास्थ्य कार्यालय ताप्लेजुङले गर्ने भएको छ ।

समितिका सदस्य सचिव एवम् स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलका अनुसार प्रदेश १ मा अब ताप्लेजुङ र सुनसरी मात्र पूर्णखोपयुक्त जिल्ला घोषणा हुन बाँकी रहेको छ । एक नगरपालिका सहित नौ स्थानीय तहको ताप्लेजुङका सबै स्थानीय तह ६१ वटा वडा हुँदै पूर्णखोपयुक्त पालिका घोषणा भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्