एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बैठक सुरु हुनेछ ।

बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

बैठकले आगामी सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी दिने गुरुङको भनाइ छ । केन्द्रीय कार्यालय सञ्चालन, सचिवालय बैठकका एजेण्डा तयार गर्ने लगायत कामका लागि महासचिव शंकर पोखरेलको नेतृत्वमा तीन उपमहासचिव, सात सचिव र कार्यालय सचिव गरी १२ जनाको केन्द्रीय कार्यालय रहेको छ ।

हिजो बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका एजेण्डा तय गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्