बढ्यो हवाई भाडा

काठमाडौं । हवाई इन्धनको मूल्यवृद्धिसंगै नेपालमा हवाई भाडा पनि बढेको छ ।

हवाई इन्धनको मूल्यवृद्धिसँगै नेपाल वायुसेवा सञ्चालक संघले आज बिहीबारदेखि लागू हुनेगरी आन्तरिक उडानमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्म भाडा बढाएको हो ।

योसँगै काठमाडौंबाट धनगढी जान १७ हजार २५ रुपैयाँ लाग्ने भएको छ । आन्तरिक उडानतर्फ सबैभन्दा कम ४५ रुपैयाँले बढ्दै काठमाडौं–सिमराको भाडा ४ हजार २०४ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्