अर्थमन्त्रीको राजीनामाले नैतिकताको सन्देश दिएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाले पार्टीले नैतिकताको राजनीति गर्छ भन्ने सन्देश गएको बताएका छन् । छानबिनलाई सहज बनाउनका राजीनामा दिएको उल्लेख गर्दै प्रचण्डले अर्थमन्त्री राजीनामा दिनैपर्ने बाध्यता नभएपनि पार्टीले नैतिकता देखाएको उल्लेख गरे ।

‘यसमा हामी काउन्टर अट्याकमा जाने कुरा पनि होइन । छानबिन प्रक्रियालाई सहज बनाउन राजीनामा दिनु नै सहज हुन्छ भनेर अर्थमन्त्रीले रोष्टमबाट आफ्ना कुरा दृढतापूर्वक राखेर राजीनामा दिनुभएको हो । राजीनामाले एउटा सन्देश गएको छ’, प्रचण्डले केन्द्रीय समिति बैठकमा बिहीबार भने ।

प्रचण्डले राजीनामा दिएर पार्टीले त्याग, वैधानिक र राजनीतिक पहलकदमीबाट विपक्षीलाई जवाफ दिएको पनि बताए । उनले राजीनामा नदिएको भए यही विषयलाई उछाल्दै राजनीतिलाई अप्ठ्यारोमा पार्ने तथा सरकार र गठबन्धनलाई नै अप्ठयारो पार्ने षड्यन्त्र भएको बताए ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961