एमाले नेताहरु दुर्घटनामा घाइते, हेलीकोप्टरमा काठमाडौं ल्याउने तयारी

काठमाडौं, २४ असार । नेकपा (एमाले)का नेताहरु दुर्घटनामा परेका छन् । नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश नम्बर एकको बिस्तारित बैठकमा जाने क्रममा उनीहरु सिन्धुलीको भिमानमा दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा पर्नेमा नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल घर्ती, पूर्वमन्त्री तथा एमाले नेता कृपाशुर शेर्पा, पेम्बा गुरुङ, देबराज राई लगायत नेताहरु छन् । उनीहरुको प्राथमिक उपचारपछि हेलीकोप्टरमा काठमाडौं ल्याउने तयारी भइरहेको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्