साउनबाट १० करोड बढी कारोबार गर्नेले अनिवार्य विद्युतीय बिजक जारी गर्नुपर्ने

काठमाडौं । आगामी साउन महिना अर्थात आर्थिक वर्ष २०७९/८० बाट १० करोड भन्दा बढी कारोबार गर्ने सम्पूर्ण करदाताहरुले अनिवार्य रुपमा विद्युतीय बिजक जारी गर्नुपर्ने भएको छ ।

आन्तरिक राजस्व विभागले आव २०७७/७८ वा २०७८/७९को मूल्य अभिवृद्धि र तथा आय विवरणमध्ये कुनै एक आवको कारोबार रकम १० करोडभन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाताहरुले अनिवार्य रुपमा विद्युतीय बिजक जारी गर्नुपर्ने व्यवस्था गरेको हो ।

तर, कारोबारको प्रकृतिअनुसार उपभोक्ता वा ग्राहकलाई प्रत्यक्ष रुपमा बिजक जारी नगर्ने बैंक तथा वित्तीय संस्थाजस्ता निकायको कारोबारका हकमा यो व्यवस्था लागू नहुने विभागले जनाएको छ ।

यसैगरी बक्स अफिस प्रणालीमा आबद्ध भएका सम्पूर्ण सिनेमा हलहरु (काठमाण्डौ उपत्यकाबाहिरका समेत)ले अनिवार्य रुपमा विद्युतीय बिजक जारी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

विभागले यसअघि २०७५ फागुन २९ गते जारी सूचनामा तोकिएका करदाताहरुले अनिवार्य रुपमा विद्युतीय बिजक जारी गर्नुपर्ने प्रावधानलाई आगामी आर्थिक वर्षका लागि निरन्तरता दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961