देश छाडेर भागे श्रीलंकका राष्ट्रपतिे

एजेन्सी । श्रीलंकका राष्ट्रपति गोटावाया राजपक्षे देश छाडेर भागेका छन् । उनी राजीनामा दिएर माध्यराति सेनाको विमानमार्फत माल्दिभ्स भागेको बीबीसीले जनाएको छ ।

बिहान ३ बजे उनी माल्दिभ्स् पुगेका थिए । उनको राजीनामाको घोषणा आजको संसदमा हुन सक्ने बताइएको छ । यसअघि उनी देश छाडेर भागेको भनिएको थियो ।

गत शुक्रबार यता कोलम्बोमा देखिएका थिएनन् । शनिबार राष्ट्रपति निवास प्रदर्शनकारीले नियन्त्रणमा लिएको थियो । त्यससमयमा उनी निवासमा नभेटिएपछि बंकरबाट भागेको आशंका गरिएको थियो ।

विभिन्न स्रोतहरुले उनी सोमबार नै दुई पटक भाग्न खोजेका थिए । परिवारसहितको १५ वटा पासपोर्ट पठाएर प्रोसेस गरिएकोमा बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलका अध्यगमन विभागका अधिकारीले सशरीर उपस्थित भएमात्र प्रक्रिया चलाउने भनेका थिए ।

त्यसपछि उनीहरुको यात्रा रोकिएको थियो । त्यसैबीचमा उनले आफूले बुधबार राजीनामा दिने घोषणा गरेका थिए । माल्दिभ्स भागेसँगै उनी भागेका हुन् वा भगाएका हुन् भन्ने प्रश्नसमेत उठ्न थालेका छन् ।


प्रतिक्रिया दिनुहोस्