शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थ मन्त्रालयसँग सीसीटीभी फुटेज माग्ने

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थ मन्त्रालयसँग सीसीटीभी फुटेज माग्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले अर्थ मन्त्रालयसँग सीसीटीभी फुटेज माग्ने निर्णय गरेको हो ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलगनतामा करको दर हेरफेर गरेको आरोपमा शर्मामाथि छानबिन गर्न गठित समितिको मंगलबार पहिलो बैठक बसेको थियो ।

बैठकले समितिले तयार पारेको कार्यविधि पारित गरेको छ। समितिको सभापति चयन भने आजको बैठकले गर्न सकेन ।

समितिको बैठक आज पनि बस्नेछ। समितिलाई छानबिन कार्य सुरु गरेको १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्