ताप्लेजुङका पहिरो पीडितलाई तत्काल निजी आवास पुनःनिर्माण गरिदिन योगेश भट्टराईका माग

ताप्लेजुङ । ताप्लेजुङमा हालैको बाढी र पहिरोका कारण विस्थापितको पुनर्स्थापनाका लागि प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पहल थालेका छन् ।

मंगलबार भट्टराई नेतृत्वको टोलीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणसँग निजी आवास पुनःनिर्माण गरिदिन अनुरोध गरेको छ । प्राधिकरणको मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ मा घरबारविहीन भएकालाई निजी आवास मर्मत वा प्रबलीकरण अनुदान दिने व्यवस्था छ ।

जसअनुसार हिमाली जिल्लामा पाउने ५ लाख र मर्मत वा प्रबलीकरणबापत तत्काल पाउने ५० हजार रुपैयाँ तथा जमिन नहुनेका हकमा छुट्टै ३ लाख पाउने व्यवस्था छ । सोबापतको रकम तत्काल उपलब्ध गराउन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलसँग सांसद भट्टराईले अनुरोध गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्