प्रदेश १ लाई लिम्बूवान किराँत प्रदेश बन्न नदिन षड्यन्त्र भयो : संघर्ष समिति 

गंगा लिङ्खिम

ताप्लेजुङ, ३० असार । प्रदेश नं. १ लाई पहिचानको आधारमा लिम्बूवान – किरात प्रदेश बन्न नदिन विभिन्न षडयन्त्रहरु गरिएको लिम्बूवान, किरात संयुक्त संघर्ष समितिले जनाएको छ । बुधबार ताप्लेजुङमा पत्रकार सम्मेलन गर्दै लिम्बूवान किरात प्रदेश नामकरणको लागि आन्दोलन जारी रहेको भन्दै नामकरण सम्बन्धमा गम्भिर ध्यानाकर्षण गराएको हो । 

समितिले पत्रकार सम्मेलन तर्फ एक विज्ञप्ति जारी गर्दै संविधान सभाको विषयगत समिति र राज्य पुन संरचना उच्चस्तरीय आयोगबाट सिफारिस भए बमोजिम पहिचानमा आधारित प्रदेशको नामहरू सुनिश्चित हुनु पर्ने जनाएको छ ।

तर, त्यसको विपरित ७ वटा प्रदेश मध्ये ५ वटा प्रदेशहरूको नाम घोषणा भइसकेको जनाउदै प्रदेश २ लाई पहिचानको आधारमा मधेश प्रदेश नामाङ्कन गर्दा प्रदेश १ लाई भने लिम्बूवान किरात प्रदेश बन्न नदिन षययन्त्र भइरहेको विज्ञप्तिमा उल्लेख छ ।  

वर्तमान अवस्थामा १४ जिल्ला भएको प्रदेश नं. १ को भौगोलिक अवस्था, सामाजिक अवस्था, सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमि एवम् पहिचानको आधारमा लिम्बूवान, किरात प्रदेश उपयुक्त रहेको समितिको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस्