गभर्नरले नैतिकताका आधारमा राजीनामा दिनु पर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने बताएका हुन् ।

नेकपा एमालेले आफ्नो अर्थ तथा योजना विभागको सदस्यमा एम अधिकारी नामक व्यक्तिको नाम राखेको छ। यी एम अधिकारी नामक व्यक्ति गभर्नर अधिकारी नै भएको भन्दै चौतर्फी रुपमा आवाज उठिरहेको छ।

गभर्नर अधिकारी विवादमा परेको भन्दै सत्तारुढ गठबन्धनको बैठकमा नेताहरुले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए । त्यस क्रममा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।


प्रतिक्रिया दिनुहोस्