विश्व बैंकले नेपाललाई १० करोड डलर सहयोग गर्ने

काठमाडौं । विश्व बैंकले नेपाललाई १० करोड डलर आर्थिक सहायता प्रदान गर्ने भएको छ ।

नेपालको विकास प्रक्रियालाई दिगो र वातावरणमैत्री बनाउने गरी नीतिगत व्यवस्थापन गर्न विश्व बैंकले उक्त सहयोग गरेको हो ।

विश्व बैंकको कार्यकारी निर्देशकको बोर्ड बैठकले डेभलपमेन्ट पोलिसी क्रेडिट मार्फत नेपालको जलवायुमैत्री समावेशी र हरित विकास प्रयोजनका लागि यो सहयोग उपलब्ध हुने विश्व बैंक केन्द्रीय कार्यालयले जनाएको छ ।

कोरोना महामारी पछिको अवस्थामा विश्व बैंकले नेपालमा वातावरणमैत्री र समावेशी विकासलाई जल जमिन कृषि बन सहरीकरण फोहोर व्यवस्थापन तथा प्रदुषणजस्ता क्षेत्रमा नीतिगत कार्यक्रम तय गर्न सक्ने उपलब्ध गराइएको विश्व बैंकका माल्दिभ्स नेपाल र श्रीलङ्काका राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्