बिल गेट्सलाई पछि पार्दै अडानी विश्वका धनढ्य सूचीको चौथो स्थानमा, एलोन मस्क शीर्ष स्थानमा

एजेन्सी । भारतीय उद्योगपति गौतम अडानी विश्वका धनढ्यको सूचीमा चौथो स्थानमा उक्लिएका छन् । यसअघि उनी विश्वका पाँचौँ धनी थिए ।

फोर्ब्सका अनुसार अडानी ११२.६ अर्ब डलरको नेटवर्थका साथ शीर्ष १० अर्बपतिको सूचीमा एक स्थान माथि उक्लिएका हुन् । माइक्रोसफ्टका संस्थापक बिल गेट्स भने एक स्थान तल झर्दै पाँचौँ स्थानमा पुगेका छन् । गेट्सको कुल सम्पत्ति अहिले १०३ अर्ब डलरमा झरेको छ ।

टेस्ला र स्पेसएक्सका सीईओ एलोन मस्क शीर्ष अरबपतिहरुको सूचीमा शीर्ष स्थानमा छन् । २३०.४ अर्ब डलरको कुल सम्पत्तिका साथ मस्क विश्वकै धनी व्यक्ति कायमै छन् ।

योसँगै फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट १४८.४ अर्ब डलरसहित विश्वको दोस्रो धनी व्यक्ति र १३९.२ अर्ब डलरका साथ अमेजनका जेफ बेजोस तेस्रो स्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस्