पाथीभरा क्षेत्रमा केबलकार निर्माण हुन नदिने चेतावनी

ताप्लेजुङ । मुकुम्लुङ संयुक्त संघर्ष समिति र किराँत याक्थुङ चुम्लुङले यथास्थितिमा ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण हुन नदिने चेतावनी दिएको छ । मंगलबार ताप्लेजुङमा पत्रकार सम्मेलन गर्दै संयुक्त संघर्ष समिति र किराँत याक्थुङ चुम्लुङले यस्तो चेतावनी दिएको हो ।

आन्दोलनरत संघसंस्थाको माग र विचारलाई वेवास्ता गर्दै पाथीभरा केबलकार कम्पनीको कार्यअवधि थप गरेर फुङलिङ नगरसरकारले आन्दोललाई मुडभेड र द्वन्द्वतर्फ लगेको उनीहरूको आरोप छ ।

आफ्ना माग र अडानमा कुनै परिवर्तन नभएको भन्दै किराँत याक्थुङ चुम्लुङकी जिल्ला अध्यक्ष इन्दिरा मेन्याङ्वोले भनिन्, ‘विगतमा हामीले राखेका मागको सम्बोधन नभइ केबलकार निर्माण गर्न दिनेछैनौं ।’


प्रतिक्रिया दिनुहोस्