बार्सिलोना र लेवान्डोस्की बिच चार वर्षको सम्झौता

एजेन्सी । स्पानिस क्लब बार्सिलोनाले रोवर्ट लेवान्डोस्कीसँग चार वर्षको लागि सम्झौता गर्ने भएको छ ।

बार्सिलोनाले लेवान्डोस्की अनुबन्ध गर्न जर्मन क्लब बायर्न म्युनिखसँग सहमतिमा पुगेको जनाएको छ ।

बार्सिलोनाले उनलाई ४५ मिलियन युरोमा अनुबन्ध गरेको हो । यसमा ५ मिलियनको अन्य सुविधा थपिन सक्छ ।

बार्सिलोनाले लेवान्डोस्कीको बाई आउट क्लज ५०० मिलियन युरो राखेको छ ।यसअघि अनुबन्ध गर्नेबारे सहमतिमा पुगेपनि बार्सिलोनाले अब आधिकारिक रुपमै अनुबन्ध बारे घोषणा गरेको हो ।


प्रतिक्रिया दिनुहोस्